back
NMB ad

ज्योती विकास बैंकको एकैदिन पाँच शाखा उद्घाटन

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले एकैदिन पाँच स्थानमा शाखा कार्यालय स्थापना गरेको छ । भक्तपुर जिल्लाको बोडेमा, काभे्रको बनेपामा तथा काठमाण्डौ जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको हो ।
मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालकजगदिश्वर प्रसाद अधिकारीद्वारा एक कार्यक्रमका बिच २०७५ फाल्गुन ८ गतेका दिन बिहान ९ बजेको समयमा संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

साथै काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ७ बनेपा बजारमा मा रहेको शाखाको पनि प्रमुख अतिथी बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा आजैका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यसैगरि काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिका वडा नं ६, साखँु बजारमा रहेको नयाँ शाखा प्रमुख अतिथी शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठद्वारा र कीर्तिपुर नगरपालिका वडा न्ां ९, नयाबजार काठमाण्डौमा रहेको शाखा पनि औपचारीक उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरि चन्द्र खड्का द्धारा गर्नुभयो ।

चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्रबँैकका डेपुटी गर्भनर शिबराज श्रेष्ठ द्धारा आजैका दिन उद्घाटन गर्नुभयो ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.६३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २१ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।

२०७५ फागुन ८ गते प्रकाशित

वि.सं.२०७५ फागुन ८ बुधवार २१:४५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...