back
NMB ad

शिवम् सिमेन्टको आईपिओको लागि ३६ लाख ८४ हजार कित्ताको आवेदन

Kumari bank ad

काठमाडौं । शिवम् सिमेन्टको आइपीओमा ३६ लाख २२ हजार ७६० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझसम्म ३६ हजार ८८३ जनाले आवेदन दिएका छन् । आयोजना प्रभावित स्थानीयले १ लाख ५५ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् ।

शिवम् सिमेन्टले छिटोमा फागुन ९ गतेसम्म प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । तर बिहीबारसम्म माग अनुसार आवेदन परेको छैन । सबै सेयरका लागि आवेदन नपरेमा चैत ५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ । यसबीचमा माग अनुसार आवेदन परेमा कम्पनीले बिक्री बन्द हुने सार्वजनिक सूचना जारी गर्नसक्नेछ ।

कम्पनीले कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याइएको छ ।

सर्वसाधारणले प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री खुला गरिएको हो ।

आयोजना प्रभावित स्थानीयले पनि अब प्रतिकित्ता २०० रुपैयाँमा आइपीओ किन्न सक्नेछन् । यसअघि स्थानीयलाई ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता आइपीओ जारी गर्दा २ लाख २४० कित्ता मात्र बिकेको थियो ।

स्थानीयले पनि फागुन ६ सोमबारदेखि ९ गतेसम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतम ४४ लाख कित्तासम्म र स्थानीय बासिन्दाले न्यूनतम ५० देखि अधिकतम ५ लाख ७९ हजार ६४० कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वाबाट आवेदन दिन पाइनेछ ।

सो शेयरधनीलाई स्थानीयलाई छुट्टाएर बिक्री हुन बाँकी शेयरमध्ये थप १ लाख १२० कित्ता थप शेयर उपलब्ध गराएर बाँकी रहने ५ लाख ७९ हजार ६४० कित्ता आईपिओ शेयरमा मकवानपुरबासीले फेरि आवेदन गर्न सक्नेछन्।

२०७५ फागुन १० गते प्रकाशित

वि.सं.२०७५ फागुन १० शुक्रवार ११:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...