Logo

शिवम सिमेन्टको आइपीओ बाँडफाँड, कसलाई कति कित्ता पर्यो ?

काठमाडौं। शिवम सिमेन्टको आइपीओ बाँडफाँड भएको छ। बुधबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपीओको बाँडफाँड गरेको हो ।सो क्रममा आइपीओ खरीदका लागि आवेदन दिएका सबैले सेयर पाएका छन् । यसभन्दा माथि १ लाख कित्तासम्म आवेदन दिएका सबैलाई ५ हजार ६४० कित्ताका दरले सेयर दिइएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुसार शिवमको आइपीओमा ५० कित्तादेखि अधिकतम ५ हजार ६४० कित्तासम्म आवदेन दिने सबैले मागेजति सेयर पाएका हुन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ११५ कित्ता सेयर ५ हजार २२० कित्ताभन्दा बढी माग गर्नेमध्ये गोलाप्रथाबाट ११ जनालाई १० कित्ता थप गरिएको छ । बाँकी रहने ५ कित्ता सेयर पनि सोही रेन्जमा आवेदन दिएकामध्ये ५ जनालाई १ कित्ताका दरले थप गरिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ४४ लाख ३४ हजार ६९५ कित्ता आइपीओ निष्काशन गरेको थियो। आइपीओमा १.१७ गुणा बढी आवेदन परेको थियो । प्रभावित क्षेत्रमा बिक्री नभएको ९४ हजार ३३५ कित्ता समेत सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

 

२०७५ फागुन २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com