काठमाडौं । नागरिक लगानी कोषले २९ औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा प्रभातफेरी कार्यक्रम गरेको छ । कोष परिसरबाट शनिबार बिहान कोष संचालक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई, संचालक समिति सदस्यहरु डा.रामशरण खरेल, चन्द्र सिंह साउथ, लक्ष्मी प्रसाद पौडेल तथा कार्यकारी निर्देशक रमण नेपाल सहितको ¥याली माइतीघर मण्डलामा पुगेर पुनः कोष परिसरमा आई समापन भएको हो । यही ४ चैतमा हुन लागेको वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजाना भएको हो । कोषले बिगत देखि नै यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
यसका साथै कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत सिर्जनसिल अपांग पुर्नस्थापन तथा विशेष शिक्षा बिद्यालय नैकापका २१ जना बिद्यार्थीलाई ट्रयाक सुट, पोते, ढाका कपडा, कुर्सि टेवल, दराज, ¥याक लगायतका सामान समेत बितरण ग¥र्यो । सो अवसरमा कोषले रक्तदान, कोष परिषरमा सरसफाई लगायतका कार्य गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । रक्तदान सगै कोषको आधिकारीक ट्रेड युनियनले बिभिन्न खेलकुद कार्यक्रम पनि आयोजना गरेको छ ।
२०७५ चैत २ गते प्रकाशित
वि.सं.२०७५ चैत ३ आइतवार १०:२७ मा प्रकाशित