काठमाडौं । देवः विकास बैंक लि. र अजोड इन्स्योरेन्स लिमिमिटेडबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जानकारी गराएको छ ।
२०७५ चैत ५ गते प्रकाशित
वि.सं.२०७५ चैत ५ मंगलवार १०:५४ मा प्रकाशित