काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ प्रतिशत अर्थात ४४ हजार ५ सय ५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५ प्रतिशत अर्थात ७४ हजार २ सय ५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २ सय कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा दोस्रो दिन हिजो बिहीबारसम्म २१ हजार ५ सय ८० जना आवेदकहरुले १६ लाख ७० हजार ९ सय कित्ता सेयरको लागि १६ करोड ७० लाख ९० हजार रकम आवेदन गरेका छन ।
अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारणलगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएको दोश्रो दिन मै मागभएभन्दा १.२५ गुण बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति २ गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेगावाट लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ असार मसान्तमा सम्पन्न हुने उल्लेख छ ।
२०७५ चैत २२ गते प्रकाशित
वि.सं.२०७५ चैत २२ शुक्रवार १२:३८ मा प्रकाशित