back
NMB ad

सिल्क एयरको सिंगापुर काठमाडौं उडानको विस्तार

Kumari bank ad

काठमाडौं । सिंगापुर एयरलाइन्सको भगिनी कम्पनी सिल्क एयरले काठमाडौं(सिंगापुर(काठमाडौं रुटमा दैनिक उडान सुरु गरेको छ । साताको छ दिन उडान भर्दै आएको सिल्क एयरले शनिवारमा समेत सेवा सुरु गरेपछि दैनिक उडान हुन थालेको हो ।

सिल्कले थप उडान बोइङको ७३७९८०० एनजी बिमानबाट गर्नेछ । यो विमानमा १२ वटा बिजनेश क्लास तथा १५० वटा इकोनोमी क्लासको सिट उपलब्ध छ । उपभोक्ताले विमानमा उडान अवधिमा खाना, सिल्क स्टुडियोबाट मनोरञ्जन सुविधा पाउनेछन्। त्यसैगरी यात्रुले सिल्क तथा सिंगापुर एयलाइन्सको सिंगापुर हुँदै उड्ने कनेक्टिङ फ्लाइटमा थप व्यागेज सुविधा पनि पाउनेछन् ।

थपिएको एमआई ४१२ को उडान सिंगापुरको स्थानीय समयअनुसार बिहान ९ बजे उडान भर्नेछ भने काठमाडौं विमानस्थलमा स्थानीय समयअनुसार दिउँसो १२.०५ मिनेटमा अवतरण गर्नेछ । एमआई ४११ को उडान काठमाडौंबाट स्थानीय समयअनुसार दिउँसो १.०५ मा उडान भरेर सिंगापुरको स्थानीय समय साँझ ८.१५ मा सिंगापुरमा अवतरण गर्नेछ ।

हामी काठमाडौंमा दैनिक उडान सुरु गर्न पाउँदा गौरवान्दित छौं, सिल्क एयरका नेपाल म्यानेजर क्विन्ची चेनले भन्नुभयो, यसबाट यात्रुले अन्तराष्ट्रिय उडानमा ठूलो र फराकिलो पहुँच पाउनेछन् । हामीले सन् २००७ मा यो क्षेत्रमा उडान सुरु गरेदेखि यात्रुको संख्या बढिरहेको छ, दैनिक उडान सुरु गर्न पाएकोमा हामी खुशी छौं, उनले भने, शनिवारीय उडानले यात्रुलाई उनीहरुको गन्तव्यसम्म पुग्न अझ बढि सुविधा र अवसर प्रदान गर्ने विश्वास हामीले लिएका छौं।

२०७५ चैत २४ गते प्रकाशित

वि.सं.२०७५ चैत २४ आइतवार १०:४३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...