back
NMB ad

‘हिमाल मेरो देश’ कविता संङ्ग्रह लिएर युवा कवि दिनेश घिमिरे

Kumari bank ad

काठमाडौँ । युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ ।
दोस्रो क्रान्ति दिवस नेपाली साहित्यले आइतबार राजधानीमा गरेको क्रान्ति क्षेत्र–२०७५ तथा बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रममा उक्त कविता संङ्ग्रहको पूर्वमन्त्री कृपासुर शेर्पा र प्रदेशसभा– ३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नथा देवकोटाले संयुक्त रूपमा गरेका हुन् । उक्त संङ्ग्रहमा ४८ वटा कविताहरू छन् ।
संङ्ग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ ले संङ्ग्रहको शीर्षकले, साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए ।

संङ्ग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अङ्गहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्म र नकारात्म पक्षप्रति व्यङ्ग्य गरिएका कविताहरू रहेको उनले बताए । उनले भने, ‘कृतिभित्र शिक्षा छ । राजनीतिको सकारात्मक पक्ष र नकारात्मक पक्षप्रति व्यङ्य छ । समाज सेवा र समाजका विभिन्न अङ्गहरूको पनि यसमा वर्णन, विश्लेषण रहेको छ ।’ कविताहरू शास्त्रीय छन्दमा रहेको बताउँदै भट्टराईले नेपाली साहित्यमा लोकप्रिय गजलको लयमा पनि कविता आधारित रहेको बताए । उनले भने, ‘संङ्ग्रहमा शास्त्रीय छन्दमा कविताहरू रहेका छन् । नेपाली साहित्यमा लोकप्रिय बनेको गजलका जुन लय छ, त्यसमा आधारित पनि छ ।’

कवितामार्फत् कविले असल बनेर देशको सेवा गर्न उत्प्रेरित गरेको उनको भनाई छ । ‘शिक्षा लिनका लागि जो लालाहित छन्, देश निर्माणका लागि अगाडि जुटेका छन्, समाजसेवामा जुटेका छन्, धर्मसंस्कृतिको सेवामा जुटेका छन्, यि सबैलाई लेखकले असल बनेर नेपाल देशको सेवा गर्न उत्प्रेरित गर्नुभएको छ ।’ साहित्यकार भट्टराईले भने । कविताहरूमा भावनाको निखार छ । भावनाको तिखार छ । भावनाको मश्रिल अनुभूति भएको बताउँदै भट्टराईले कविको कलमले, अनुभूतिले देशलाई, उँचो बनाउन मद्दत पुगेको बताए ।

बालबालिकाहरू, वृद्धहरू, युवाहरूले देशलाई माया गरेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले नै ‘हिमालको देश मेरो’ कविता संङ्ग्रहको रहेको बताए । त्यस्तै अर्का समीक्षक रमेश शुभेच्छुले फरक शैलीका कविताहरूले कविले क्षमता प्रदर्शन गरेको बताए । उनले भने, १४ वटा बाल कविताहरू छन् । ४ वटा प्रौढ कविताहरू छन् । २८ वटा गीति कविताहरू छन् । यि तिनवटै शैलीका कवितामा कविले क्षमता प्रदर्शन गर्नुभएको छ ।’ कवि प्राध्यापक भएकाले बालकविताहरूमा बालकालिकाहरूलाई नैतिक उपदेशको पक्षलाई बढी महत्त्व दिएको समीक्षक शुभेच्छुले बताए ।

देशभक्तिको पक्ष बालबच्चालाई सिकाउने प्रयत्न पनि गर्नुभएको छ । सत्चरित्र निर्माण गर्ने पक्षलाई उहाँले महत्त्व दिनुभएको छ शुभेच्छुले भने, ‘केटाकेटी र बुढाबुढीमा विभेद राख्नुहुँदैन, ठूलो र सानो जात हुँदैन भन्ने विभेदको अन्त्यको चाहना कविले राख्नुभएको छ ।’
देशमा भएका साना–साना घटनाहरूलाई कवितामा समेट्ने प्रयत्न गरेको शुभेच्छुको भनाई छ । गीति कवितामाभन्दा अन्य कवितामा मानवताको भावना रहेको रहेको बताउँदै शुभेच्छुले प्रेम प्रणयेका संयोगात्मक र वियोगात्मक पक्षहरू पनि कवितामा रहेको बताए ।
घिमिरेका भोजपरे खिचडी (कवितासंङ्ग्रह) २०६७, मेरा जीवनका चरणहरू, भाग–१ (खण्डकाव्य) २०७०, फूल र म (कवितासंङ्ग्रह) २०७०, शालीकराम (शोककाव्य) २०७० प्रकाशित भएका छन् । उनका कृतिमा हिमाल मेरो देश (कवितासंङ्ग्रह) २०७६ पनि थपिएको छ ।
उक्त कविता संङ्ग्रहलाई उर्वर साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।

२०७५ चैत २५ गते प्रकाशित

वि.सं.२०७५ चैत २५ सोमवार १३:२१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...