back
NMB ad

सान्जेन र रसुवागढीको सेयर पनि जनताको जलविद्युत अन्तरगत जारी गरिने

Kumari bank ad

काठमाडौं । ऊर्जा मन्त्रालयले सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाको सेयर पनि जनताको जलविद्युत् कार्यक्रम जारी गरिने भएको छ । बैशाखको पहिलो सातादेखि सर्वसाधारणका लागि जारी गर्न लागिएको शेयरका बिषयमा जानकारी गराउन ऊर्जा मन्त्रालयले १ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको छ ।

यसअघि उक्त आयोजनालाई जनताको जलविद्युत् कार्यक्रम अन्तरगत राखिएको थिएन् । ऊर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा हालै बसेकोे जनताको जलविद्युत् संयोजन समितिकोे बैठकले दुवै आयोजनाको एक करोड ५४ लाख कित्ता सेयर जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जारी गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २ गते ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम उद्घाटन गरेका थिए । यस कार्यक्रमका लागि ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ नारा तय गरिएको छ । सबै नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने अभियान थालिएको छ । प्रधानमन्त्री ओलीले चैत ७ गते ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको पहिलो सेयर किनेर जनताको जलविद्युत् कार्यक्रमको सुरु गरेका थिए ।

सरकारले उक्त कार्यक्रममा सघाउ पुर्याउन सबै नागरिकलाई आग्रह गरेको छ । सरकारले यसअघि नै पाँच वर्ष्भित्र १९ आयोजनाबाट तीन हजार चार सय ७९ मेगावाट बिजुली उत्पादन गर्न जनताबाट पैसा उठाउन लागेको बताएको थियो । सोमबार मात्रै १११ मेगावाट क्षमताको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन गरी तीन आयोजना थप गरी कुल २२ आयोजना जनताको जलविद्युत् आयोजना अन्तर्गत सञ्चालन हुने व्यवस्था मिलाएको छ । कार्यक्रम अन्तर्गतका सबै २२ आयोजनाबाट कुल तीन हजार ६ सय ४७ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनामा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत जनताको पैसा लगानी गरिने ऊर्जा मन्त्रालयको भनाइ छ ।

२०७५ चैत २६ गते प्रकाशित

वि.सं.२०७५ चैत २६ मंगलवार ११:०६ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...