Logo

कामना सेवा विकास बैंकले ९.५० प्रतिशत लाभांश दिने

काठमाडौं । कामना सेवा विकास बैंकले ९.५० प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले १.५० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावीत लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड हाराहारीमा पुग्नेछ ।

२०७५ चैत २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com