Logo

प्रधानमन्त्रीद्वारा सबै नेपालीको बैंक खाता अभियानको सुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले अनिवार्य रुपमा बैंक खाता हुनु पर्ने अभियानको सुभारम्भ गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षको पहिलो दिन उक्त अभियानको सुभारम्म गर्नुभयो । प्रधानमन्त्रीका बुवा मोहनप्रसाद ओली र सासू धनमाया शाक्य सरकारले सुरु गरेको ‘समृद्धिसँग जोडौ नाता सबै नेपालीको बैंक खाता’ योजनामा सहभागी हुनु भएको छ ।

प्रधानमन्त्रीका बुवा र सासुले यो योजनाअन्र्तगत राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नु भएको छ । राष्ट्रिय सभा गृहमा आइतबार आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद ओलीलाई चेक बुकलगायतका कागजपत्र हस्तान्त्रण गर्नु भयो । यस योजनाअन्र्तगत खाता खोल्दा नेपाल राष्ट्र बैंकले सय रुपैयाँ थपिदिन्छ । यद्यपि, यो शून्य मौज्जदातको हुने र यसमा वार्षिक एक लाख रुपैयाँसम्मको कारोबार गर्न मिल्ने बताइएको छ । हालसम्म सबै बैंक तथा वित्तीय संस्थामा गरी २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन् ।

२०७६ बैशाख २ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com