Logo

सन्राइज बैंक लिमिटेडको सन्राइज समृद्धि बचत खाता

काठमाडौं । खोलौ बैंक खाता अभियान, २०७६ लाई आत्मसाथ गर्दै सन्राइज बैंकले “सन्राइज समृद्घि बचत खाता” ग्राहकहरु समक्ष ल्याएको छ जस अन्तर्गत खाता खोल्दा एक सय बैंकले नै जम्मा गरिदिनेछ ।
यस “सन्राइज समृद्धि बचत खाता” मा बैंकले अरु बचत खातावालहरुलाई दिदै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायत अन्य सम्पूर्ण सुबिधाहरु प्रदान गर्नेछ । साथै खाता खोल्न सहज बनाउन बैशाख १ गते आईतबार सन्राइज बैंक लिमिटेडका सम्पूर्ण शाखाहरु बिहान १० बजे देखि दिउसो १ बजे सम्म खुल्ला राखेको थियो ।

सन्राइज बैंकले नेपाल अधिराज्य भर १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

२०७६ बैशाख १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com