Logo

एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा

वैशाख । हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राली (एचएच) बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम “बस्याल ब्रदर्स् अटोलिङ्क प्रा.लि” अर्घाखाँचीको सन्धिखर्कमा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने दावी गरेको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको बताइएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भन्नु भयो, “देशभर हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहँदा हामी अत्यन्तै खुशी छौं । त्यसैले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएकोे अटो मोबाइल ब्राण्ड एचएच नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हो ।

२०७६ बैशाख १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com