back
NMB ad

चार प्रतिशत मुटुरोगीलाई हृदयघात : डा. रजनिश कपुर

Kumari bank ad

काठमाडौं । आमरुपमा हृदयघात भनिने “एक्युट मायोकार्डियल इन्फ्रयाक्सन”जीवन जोखीममा पार्ने अवस्था हो । जसमा मुटूको धड्कन पूरा वा आंशीक रुपमा रोकिन्छ । सामान्यतया, मुटूमा रक्तप्रवाह गर्ने धमनीहरुमा हुने अवरोधलाई यसको मुख्य कारण मानिन्छ र रोकावट भएका धमनीहरुलाई “स्टेन्ट”र औषधीको प्रयागले उपचार गरिन्छ ।

प्रख्यात ईण्टरभेन्सनल कार्डियालोजिष्ट डा. रजनिश कपुर, जो भारतको हरियाणा राज्यको गुरुग्रामस्थित मेदान्त हस्पिटलमा ईण्टरभेन्सनल कार्डियालोजी विभागका उपाध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले यसबारे गरेको सोधले नयाँ जानकारी दिएको छ । उहाँको अध्ययनका अनुसार “एक्युट मायोकार्डियल इन्फ्रयाक्सन”का चार प्रतिशत मामिलाहरुमा कोरोनरी धमनीहरुमा कुनै प्रकारका अवरोध नभएको पाईयो । यसकारण, त्यस्ता मुटूरोगीहरुको उपचारमा“स्टेन्ट”को प्रयोग गर्नु नपर्नुका साथै जीवनभर सेवन गर्नुपर्ने औषधीहरु लिनुनपर्ने देखियो ।
अध्ययनका लागी डा. रजनिश कपुरले सन् २०१६ देखि सन् २०१८ सम्म गर्नुभएको एक हजार पच्चिस जना हृदयघात पिडीतहरुको उपचारका रेकर्ड छनौट गरी विश्लेषण गरिएको थियो ।

यस अनुसार, मुटूरोगीहरुमध्ये ७६ प्रतिशत पुरुष थिए भने २४ प्रतिशत महिला । त्यसैगरी, ३४ प्रतिशत ४० वर्ष उमेर मुनिका थिए भने २ प्रतिशत ३० वर्ष भन्दा कम उमेरका थिए । जनसांख्यिकीय वर्गिकरण अनुसार अध्ययन गरिएका मुटूरोगीहरुमध्ये ५ प्रतिशत नेपाली, ९२ प्रतिशत भारतीय र ३ प्रतिशत साउदी अरेबीयाली, बङ्लादेशी र श्रीलङ्काली थिए ।

अध्ययन गरिएका मुटूरोगीहरुलाई ओसीटी नामक अत्याधुनिक डायगोनोष्टिक प्रविधीद्वारा उपचार गरिएको थियो । यो प्रविधी रोगीहरुको सटिकतापूवर्क उपचार गर्न उनीहरुका शरिरका आन्तरीक संरचनाको त्रि–आयामी (थ्रि–डायमेन्सनल) स्क्यानीङका लागी प्रयोग गरिन्छ । जुन केहि अवस्थामा जीवन रक्षक समेत हुने गर्दछ । डा. रजनिश कपुर ओसीटी प्रविधी प्रयोगमा सबैभन्दा अनुभवी भारतीय ईण्टरभेन्सनल कार्डियालोजिष्टमध्ये एक हुनुहुन्छ ।

अध्ययन गरिएकामध्ये ४ प्रतिशत हृदयघात पिडीतहरुका धमनीहरुमा कुनै प्रकारको अवरोध भएको थिएन । यस्तो अवस्थालाई “मायोकार्डियल ईन्फ्राक्सन विथ ननअब्सट्रक्टिभ कोरोनरी आर्टरीज” भनिन्छ । प्राप्त जनकारी अनुसार ईन्फ्लामेसन र भासोस्पाजम हृदयघातका कारण थिए । यसअनुसार, ९० प्रतिशत माइनोका केसहरु महिला र युवा उमेरका मुटूरोगीहरुमा देखिएका थिए ।
डा रजनिश कपुरले भन्नु भयो, “प्रायजसो, एन्जियोग्राफी गर्दा धमनीहरुमा अवरोध नदेखीएको खण्डमा विरामीलाई थप उपचार नगरी घर पठाईन्छ । यसले गर्दा विरामीहरुको समस्याको पूर्ण डायगनोसीस हुन पाउँदैन । जसको कारण उनीहरुको उपचार हुँदैन र अर्को समस्याको जोखीम बढ्ने गर्दछ । ईण्टरभेन्सनल कार्डियालोजिका अत्याधुनिक अभ्यासहरुले हामीलाई मुटूरोगीहरुले भोगीरहेका समस्या बुझ्न, प्रत्येक रोगीलाई रोगअनुसारका उपचार प्रदान गर्न एवं रोकथामका उपाय पहिल्याउन र उपचारका नतिजाहरुमा सुधार हासील गर्न सहयोग गर्दछन् ।”

डा. कपुरका अनुसार नेपाली मुटूरोगीहरुमध्ये ९८ प्रतिशतले नियमीत रुपमा सुर्तिजन्य पदार्थ सेवन गरेको पाईयो । विभिन्न अध्ययनहरुमा नेपालमा सुर्तिजन्य पदार्थको सेवन सन् २०२५ मा २५ प्रतिशत पुग्ने र सन् २०५० मा ४० प्रतिशतसम्म पुग्ने अनुमान गरिएका छन् । यसले गर्दा आगामी केहि वर्षमा लार्खौ नेपालीहरु हृदयघातको जोखीममा पर्ने देखिन्छ । त्यसबाहेक, मध्यपान, अतितनाव (हाईपरटेन्सन), तनाव (स्ट्रेस), शारिरीक निष्क्रियता, पेटमा लाग्ने बोसो र मधुमेह हृदयघात गराउने अन्य जोखीम हुन् ।

२०७६ बैशाख २३ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २३ सोमवार १३:१५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...