back
NMB ad

सेयरमा लगानी गर्नेका लागि खुशीको खवर, २०७६ साल सुभ रहने

Kumari bank ad

काठमाडौं । सेयरमा लगानी गर्नेका लागि नयाँ वर्ष सुभ रहने भएको छ । २०७६ साल सुरुवातदेखि नै सेयर बजार मापक नेप्से निरन्तर उकालो लागेकोले पनि सुभ रहने संकेत देखिएको हो । गत चैतको अन्त्यमा ११८८.७१ बिन्दुमा रहेको नेप्से सोमबारसम्ममा १२९९.४१ बिन्दुमा आइपुगेको छ । नयाँ वर्ष सुरु भएको २३ दिन नवित्दै नेप्से ११०.०७ बिन्दुले बढेको छ । सोमबार (हिजो) २१.७३ बिन्दुले उकालो लाग्न पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेकाले सेयर बजार बढेको सेयर लगानीकर्ताको भनाइ छ । अन्य कारणभन्दा पनि बैंक तथा वित्तीय संस्थाको आम्दानी बढेकोले सेयर बजारमा सुधार आएको हो । सेयर बजार बढ्ने संकेत देखिएपछि सबैले सेयर खरिद गर्न थालेपछि नेप्से बढेको बिज्ञहरुको भनाइ छ ।

बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका लगानीकर्ताले पछिल्लो समय सकारात्मक धारणा बनाउन पुगेको बताइन्छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभावको समस्या सामाधान हुने अपेक्षा पनि लगानीकर्ताले गर्न थालेका छन् । चालु आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्च बढ्ने र त्यो रकम बैंकिङ प्रणालीमा आउने भएकाले तरलताको अभाव हट्ने अनुमान गरिएको छ । तरलताको अभाव अन्त्य भएमा सेयर धितो कर्जाको ब्याजदर घट्ने अपेक्षा गरेकाले पनि सेयर बजारमा सुधार आएको हो ।

चालुु आर्थिक वर्ष सुरु भएदेखि नै बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकमको अभाव खेपिरहेका थिए । त्यसकै प्रभावका कारण सेयर बजार निरन्तर ओरालो लाग्दै आएको थियो । तर, अहिले तरलताको अभाव क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ । लगानीयोग्य रकम अभावले ७–८ प्रतिशत ब्याजमा पाइने सेयर धितो कर्जा १४/१५ प्रतिशत पुगेको थियो । तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घटने र कम ब्याजदरमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आस गरेका छन् । यसले गर्दा पनि सेयर बजार बढेको हो ।
२०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै आए पनि पछिल्ला दिनमा सुधारका संकेत देखिएका छन् ।

१२ सय बिन्दुभन्दा तल आइपुगेको नेप्से आइतबार १२९९.४१ बिन्दुमा पुगेको छ । राष्ट्र बैंकले लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न विदेशी बैंकबाट कर्जा ल्याउने व्यवस्था गरेको छ । यसले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान हुने र समग्र कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएकाले बजार बढ्न पुगेको विश्लेषकको भनाइ छ । आर्थिक वर्षको अन्त्यतिर सरकारी ढुकुटीमा रहेको रकम खर्च हुने र यसले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव हट्ने अपेक्षा गरिएकाले पनि सेयर बजारमा सुधार आएको विज्ञहरु बताउँछन् ।

२०७६ बैशाख २४ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २४ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...