back
NMB ad

सुनिता अधिकारी र प्रकाश सपुतको ‘लुरुरु हुरुरु’ टिक–टकमा पनि भाइरल

Kumari bank ad

काठमाडौँ । समधुर स्वरकी धनी सुनिता अधिकारी र गायक प्रकाश सपुतको नयाँ दोहोरी गीत ‘लुरुरु हुरुरु’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटेर बनाइएको गीतको सयौँले टिक टक भिडियो बनाइसकेका छन् । युट्युवमा रिलिज भएको चार दिनमै ४ लाख दर्शकले यो गीत हेरिसकेका छन् ।

गायक प्रकाश सुपतको शब्द तथा लय रहेको गीतमा प्रकाश र सुनिता स्वयमले बेजोड अभिनय गरेका छन् । एक साता बित्न नपाउँदै दर्शकहरुको अगाध माया पाउँदा गायिका अधिकारीले खुसी व्यक्त गरिन् । ‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले भविष्यमा पनि लोकप्रिय गीत ल्याउने योजना रहेको बताइन् ।

भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्टले निर्देशकीय जादु देखाएका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत संयोजन गरेका छन् ।

२०७६ बैशाख २६ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २६ बिहीवार ११:४५ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...