back
NMB ad

एकल विन्दु सेवा केन्द्र सञ्चालनबाट परिसंघ उत्साहित

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघ लगायत निजी क्षेत्रका संघसंस्थाले धेरै पहिलेदेखि माग गर्दै आएको एकल विन्दु सेवा केन्द्रको व्यवस्था सहित सोको स्थापना र सञ्चालन सरकारबाट विधिवत रुपमा जेष्ठ १ गतेदेखि प्रारम्भ भएकोमा परिसंघले खुसी व्यक्त गरेको छ ।
औद्योगिक व्यवसाय ऐनमा भएको प्रावधान अनुसार धेरै वर्षपछि विशेषतः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा उद्योग विभागको परिसरमा रहने गरी व्यवस्था गरिएको यस केन्द्रमा विभिन्न ठाउँमा छरिएर रहेका सरकारी निकाय एकै स्थानमा हुनेछन् ।

एकै स्थानबाट उद्योग दर्ता, कम्पनी रजिष्ट्रेशन, विदेशी लगानीकर्ताको लागि भिषा प्रक्रिया, वातावरण मूल्याङ्क, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, पूर्वाधार, जग्गा, प्रशासन, निर्यात, भन्सार, राष्ट्रिय बैँक समेतका शाखा रहने गरी व्यवस्था गरिएको यो केन्द्र नेपालको लागि नौलो प्रयोग हो । तापनि यसको व्यवस्थित सञ्चालन, समन्वय, निर्णयमा तदारुकता अन्तर सरकारी निकायहरु बीच समझदारी सहित लगानीकर्तालाई तोकिएको समयमा सेवा उपलब्ध गराउन यो केन्द्र प्रभावकारी एवं लगानीकर्ता आकर्षित हुने विश्वास परिसंघले लिएको छ ।

सरकारी निकायको झण्झटीलो प्रक्रियाका कारण हैरानी भएका लगानीकर्ता यस एकल विन्दु सेवा केन्द्रको स्थापनापछि यसको प्रभावकारी सञ्चालनबाट उत्साहित भएर आएका स्वदेशी एवं विदेशी लगानीकर्ताहरु आउँदा दिनमा हतोत्साहित हुने अवस्था नआउने अपेक्षा परिसंघले लिएको छ ।

२०७६ जेठ २ गते प्रकाशित

वि.सं.२०७६ जेठ २ बिहीवार ११:३३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...