Logo

“सिभिल बैंक लिमिटेड र “लिडरशिप एकेडेमी नेपाल” बीच सम्झौता

काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिंगको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले “लिडरशिप एकेडेमी नेपाल”संग सहकार्य गर्न सम्झौता गरेको छ । “राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन”, अमेरिकासंग अनुबन्धित “लिडरशिप एकेडेमी नेपाल” मानव संशाधानको वृत्ति बिकासमा एक चिरपरिचित नाम हो ।

तसर्थ सिभिल बैंकले आफ्ना कर्मचारीको वृत्ति बिकासको लागि यस संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको हो ।
सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र “लिडरशिप एकेडेमी नेपाल”को तर्पmबाट सिटिओ अरुण जोशीले एक कार्यक्रम बीच हस्ताक्षर गर्नुभयो ।

२०७६ जेठ ९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com