Logo

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधामन्त्री मोदीलाई टेलिफोनमा बधाइ तथा शुभकामना

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा बिजय हासिल गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

बिहीवार अपरान्ह प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ । टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गर्नुभएको छ ।

२०७६ जेठ १० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com