back
NMB ad

पूर्वधारमा मिलेर लगानी गर्न नेपाल र चीनबीच समझदारी

Kumari bank ad

काठमाडौं । चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल टेड (सिसिपिआइटी) गन्जाओ सव काउन्सिलकाका उपाध्यक्ष/कन्सुलर वाड. फुचुनको नेतृत्वमा नेपाल भ्रमणमा आएका प्रतिनिधि मण्डलसंग नेपाल चीन उद्योग वाणिज्य संघले आज छलफल एवं द्विपक्षीय समझदारीमा हस्ताक्षर गरेको छ ।

दुई संघ वीच संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं सूचनाको आदान प्रदान, व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान आदिका लागि लाइजन अफिस स्थापना गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दुई संघ वीच आपसी सहकार्यका लागि सन् २००७ समेत समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा मन्तव्य दिनु हुँदै संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई संस्था वीच घनिष्ट सम्बन्ध रहि आएको र यस समझदारीबाट अझ नजीक भएर कार्य गर्ने वातावरण तयार भएको कुरा बताउनुभयो । हाल नेपालमा स्थायी सरकार रहेको तथा अतिकम विकसित देशले पाउने सुविधा नेपालले प्राप्त गर्ने भएको हुँदा चीनीया व्यवसायीलाइ नेपालम उद्योग स्थापना गरी निर्यात गर्न अनुरोध गर्नु भयो । उहाँले लगानीका लागि पर्यटन, कृर्षि, जलश्रोत तथा पुर्वाधार उपयुक्त क्षेत्र रहेको हुदां दुई संघ मीलेर सोको लागि कार्य गर्ने वताउनु भयो ।

उपाध्यक्ष÷कन्सुलर फुचुनले दुई संघ वीच घनिष्ट सम्बन्ध रहीआएको र नयाँ ढंगबाट भएको सामझदारी पत्र हस्ताक्षरबाट दुई देशको हितमा धेरै कार्य गर्ने बताउनुभयो । कतिपय व्यापारीहरुले नेपालमा लगानी गरिसकेको र कतिपय लगानीका लागि नेपाल आएको कुरा बताउनुभयो ।सूचनाको आदान प्रदानबाट विविध क्षेत्रमा सहकार्य गरी अघी बढ्ने अवसरहरु सृजना हुने कुरा बताउनुभयो । साथै नेपालमा आयात निर्यात व्यापार, बैंकिङ सम्बन्ध, हवाइ सम्पर्क विस्तार तथा पर्यटन बृद्धिका लागि कार्य गर्ने कुरा बताउनुभयो ।

समझदारी पत्रमा संघका उपाध्यक्ष त्रिभुवनधर तुलाधर तथा उपाध्यक्ष÷कन्सुलर फुचुनले हस्ताक्षर गरेको थियो । कार्यक्रमा संघका पदाधिकारी एवं व्यापारीहरुको उपस्थिती रहेको थियो ।

२०७६ जेठ १७ गते प्रकाशित

वि.सं.२०७६ जेठ १७ शुक्रवार १२:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...