back
NMB ad

तेस्रो हिमालयन ट्राभल मार्ट भब्यताका साथ सम्पन्न

Kumari bank ad

काठमाडौं । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजार गर्दै ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण यही जेठ २३ देखि २६ सम्म विभिन्न ४३ देशका ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको सहभागितासहित काठमाडौंको सोल्टी क्राउन प्लाजामा भव्यताका साथ सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्घारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत एवम् प्रमुख ट्राभल एन्ड टुरिज्म सम्बन्धी मेलाको रुपमा स्थापित भएको छ ।

गत बिहिबारका दिन सम्ममाननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको समुद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीले नेपालमा पर्यटकीय प्रोडक्ट तथा सेवाहरुको प्रचुर सम्भाब्यतारहेको बताउँदै देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा जैविक विविधतासँगै विशिष्ठ आतिथ्य सत्कारले बहुआयामिक पर्यटकीय अनुभवहरु प्रदान गर्नसक्ने नेपाल अनुपम गन्तब्य रहेको बताउनुभयो । उहाँले योग, आयुर्वेद, तीर्थयात्रा एवम् अध्यात्मिक पर्यटनका लागि हिमालय क्षेत्रनै एक उत्कृष्ट गन्तब्य भएको र सो अनुभूतिका लागि नेपाल प्रमुख एवम् उद्गम स्थल भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत हिमालयन ट्राभल मार्ट सहयोगी हुने विश्वास व्यक्त गर्नु भयो । उद्घाटन समारोहमा विविध सांस्कृति प्रस्तुति गरिएको थियो । सुदूरपश्चिमको प्रसिद्ध छलिया नृत्य, हुडकेलीलगायत प्रस्तुत गरिएको थियो । साथै, पटा नेपाल च्याप्टरले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई उहाँले पर्यटन क्षेत्रको विकासका लागि निर्बाह गरेको अतुलनीय भूमिका एवम् अथक प्रयासको उच्च कदरगर्दै सम्माननीय प्रधानमन्त्रीज्यूमार्फत मार्टको विशेष अवार्ड प्रदान गर्नुभएको थियो । त्यसैगरी, विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।

जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्तिहरु, दिगो पर्यटन विकासका अवसर तथा चुनौतिहरुलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो ।

मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया/ब्लर्गसहरुसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरहरुको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ्गङ’ गरिएको थियो ।

भ्रमण वर्ष अभियानका संयोजक सुरज बैद्यले अभिायन अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरुको कार्ययोजनालगायत नेपालका पर्यटकीय गन्तब्य र सम्भावनाबारे प्रस्तुति पेस गनभयो र उपस्थित मिडिया ब्लर्गसहरुको जिज्ञासा एवम प्रश्नहरुलाई बार्डका सिइओ दीपकराज जोशी, पाटाका अध्यक्ष सुनील शाक्य तथा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले संयोजक बैद्यसँगै संयुक्त रुपमा
सम्बोधन गनुभएको थियो ।

यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरु तथा संस्थाले सहभागिता जनाएका थिए । पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।

२०७६ जेठ २७ गते प्रकाशित

वि.सं.२०७६ जेठ २७ सोमवार ११:०३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...