back
NMB ad

नाटा र एनसिएचएलबीच विद्युतिय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

Kumari bank ad

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा) र नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) बीच नाटाका सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको छ । उक्त समझदारीमा नाटाका अध्यक्ष सिएन पाण्डे तथा एनसिएचएलका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

उक्त साझेदारी अन्तर्गत नाटाका सदस्य ट्राभल एजेन्टहरुले कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्ने छन् । ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई डब्लुडब्लुडब्लु कनेकिटप्स डट कम अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै नाटालाई गर्नु पर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरुको भुक्तानीहरु पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् ।

आजको यस सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् ।

नाटाको पचास बर्षको स्थापनाकालदेखि नै पर्यटन क्षेœाको विकास र नेपालको ट्राभल बिजिनेस विस्तार सम्बन्धी कार्यहरु गर्न विषेश ध्यान पुर्याउँदै आफ्ना सदस्य ट्राभल एजेन्टहरुलाई विभिन्न तवरबाट टेवा तथा मद्दत पुर्याउँदै आइरहेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपालक्लियरिङ्ग हाउस लिमिटेडले हालसम्मविद्युतीय माध्यमबाट चेकको राफसाफगर्ने प्रणाली एनसिएचएल इसिसि अन्तरबैंक विद्युतीय भुक्ताानी प्रणाली (एनसिएचएल आइपिएस) र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने कनेक्ट आइपिएस इ पेमेन्ट प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।

                                                                                                                 २०७६ असार १ गते प्रकाशित 

वि.सं.२०७६ असार १ आइतवार ११:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...