back
NMB ad

तीन दिन लगातार घटेको शेयर बजार परिसूचक नेप्सेमा चौंथो दिन सोमबार सुधार

Kumari bank ad

काठमाडौं ।  तीन दिन लगातार घटेको शेयर बजार परिसूचक नेप्सेमा चौंथो कारोबार दिन सोमबार सामान्य सुधार आएको छ। गत बुधबार र बिहीबार सिङ्गल डिजिटमा घटेको नेप्से साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको थियो। सोमबार साना कम्पनीहरुको शेयरमूल्यमा उतार चढाव देखिएको छ।

चुक्ता पूँजी कम भएका कम्पनीहरु नै सोमबारको बजारमा कमाउने र गुमाउने सूचीमा अग्रस्थानमा देखिएका छन्।

सोमबार अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ६/७३ प्रतिशतले बढ्यो भने गोर्खाज फाइनान्सको पनि ५ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। त्यस्तै नेपाल एग्रो लघुवित्त, ङादी ग्रुप पावर, रैराङ्ग हाईड्रोपावर र सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको इकाइमूल्य पनि साढे ४ प्रतिशतले बढेको छ। यसदिन उच्च शेयरमूल्य बढ्ने १० कम्पनीमा ५ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।

त्यस्तै सोमबारको बजारमा उच्च शेयरमूल्य घट्ने कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त शिर्ष स्थानमा रहेको छ। लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४/८० प्रतिशतले घट्यो भने युनियन हाइड्रोपावर, गुडविल फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ।

सोमबार नेपाल बैंकको उच्च कारोबार हुँदा समग्र कारोबार रकम भने आइतबारको तुलनामा ७ करोडले घटेर ४० करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ । नेपाल बैंकको सबैभन्दा धेरै ३ करोड २९ लाख, शिवम् सिमेन्टसको ३ करोड २२ लाख, प्रभु बैंक २ करोड ३१ लाख, सिद्धार्थ, कृषि विकास, एनआईसी एशिया बैंकर अपर तामाकोशीको एक करोड बढीको शेयर कारोबार भयो । सोमबार उच्च कारोबार गर्ने १० कम्पनीमा ८ वटा वाणिज्य बैंक रहेका छन्।

सोमबार कारोबारमा आएका ११ उपसमुहको सूचकमध्ये ८ वटा सूचक सकारात्मक देखिएका छन् भने जीवन बीमा, लघुवित्त र विकास बैंक गरि ३ वटा नकारात्मक बने। यस दिन उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १/०५ प्रतिशतले बढ्यो भने जीवन बीमा समूह सबैभन्दा बढि ०/३१ प्रतिशतले घट्यो।

सोमबार नेप्से परिसूचक २/६३ अंकले बढेर १२६०।९० बिन्दुमा कायम रह्यो। यस्तै कारोबारको सवा दुई घण्टा ऋणात्मक रहेको सूचक बढेर ६ अंक माथि चढेपनि कारोबारको अन्तिम समयमा सामान्य वृद्धिमा बन्द भएको छ । कारोबार रकममा भने आइतबारको तुलनामा ७ करोड रुपैयाँले संकुचन आएको हो ।

बजेटको दोस्रो दिन जेठ १६ पश्चात २८ गते ०/१७ अंकको झिनो सुधार आएको शेयर बजार पछिल्लो चार दिनमा सकारात्मक बनेको हो। बजेट पश्चात ८ कारोबार दिनमा नेप्से ६१।४२ अंकले घट्दा बजेटको दिनसहित चार कारोबार दिनमा जम्मा १६/७७ अंकले मात्र बढेको छ।

 

२०७६ असार ३ गते प्रकाशित

वि.सं.२०७६ असार ३ मंगलवार १३:४८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...