back
NMB ad

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

Kumari bank ad

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल सेल्स मिसन २०१९ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोर्डको तर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष–२०२० को बारेमा चर्चा गर्दै नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तब्यका साथै एक पटक भ्रमण गर्नैपर्ने गन्तब्यको रुपमा प्रस्तुती दिएका थिए । सो अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपाल सम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटनलाई दिएको महत्वमाथि प्रकाश पार्दै नेपाल भ्रमण वर्ष–२०२० राष्ट्रिय अभियानका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीहरुलाई थप व्यवसायिक सम्बन्ध विस्तार गर्न आग्रह गरे । यस्तै सोट्टो–नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द«को रुपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिहरुलाई अनुरोध गरे ।

उक्त अवसरमा नेपालबाट सहभागी भएका पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेँेह र थाईल्याण्डको बैंककमा व्यवसायिक गतिविधि विस्तार सम्बन्धमा अन्तक्रियासमेत सम्पन्न गरिएको थियो । नेपाली राजदूतावास बैंककको सहकार्यमा बैंककमा आयोजना गरिएको नेपाल साँझ–२०१९ मा थाइल्याण्डका लागि नेपालका राजदुत गणेशप्रसाद ढकालले नेपाल र थाईल्याण्डको साठी वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको चर्चा गरेका थिए । उनले थाइल्याण्डका जनतामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेकोले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीहरुलाई अनुरोध गरे । कार्यक्रमको अवसरमा लुम्बिनीका लागि सद्भावना दुत बिक्रम पाँडे काजीले बुद्धको जीवन र बुद्धिष्ट सर्किटको विषयमा गहन प्रस्तुती दिएका थिए । नेपाल सेल्स मिसन–२०१९ अन्तर्गत बौद्ध धमावलम्वीहरु बढी भएका तीन वटै देशका पर्यटन व्यवसायी र सञ्चारकर्मी माझ बौद्ध धार्मिक पर्यटनसहित नेपालका पर्यटकीय आकर्षण र नेपाल भ्रमण वर्ष–२०२० को प्रचारात्मक कार्य गरिएको थियो ।

तथ्यांकअनुसार सन् २०१८ मा भियतनामबाट १२ हजार ४ सय ५४ जना, कम्बोडियाबाट ३ हजार ७ सय ९० जना र थाईल्याण्डबाट ५३ हजार २ सय ५० जना पर्यटकहरु नेपाल भ्रमणमा आएका थिए । यता नेपाल वायु सेवा निगमले सातामा तीन पटक काठमाडौं–बैंकक–काठमाडौं हवाई सेवा संचालन गरिरहेको छ । यस सहज आवागमनले यी देशहरुबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल सेल्स मिसन कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट प्रबन्धकद्वय खड्ग बिक्रम शाह र सुमन घिमिरे, सोट्टो–नेपालका निवर्तमान अध्यक्ष अनिल लामा, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत गुराँगाईसहित नेपाली पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

२०७६ असार ५ गते प्रकाशित

वि.सं.२०७६ असार ५ बिहीवार १०:४६ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...