back
NMB ad

फ्रड प्लाष्टिक म्याग्नेटिक कार्डहरुको प्रयोग गरि एटिएमबाट पैसा निकाल्ने प्रकाउ

Kumari bank ad

काठमाडौं । विभिन्न कार्डहरु प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको काठमाण्डौ उपत्यका स्थितका बिभिन्न स्थानमा राखिएको एटिएम बुथहरुबाट अनाधिकृत र गैह्रकानूनी रुपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड हरुको प्रयोग गरि रकम निकाल्ने बारा पिपरपानि ७ घर भई हाल काठमाडौं शंखमुल बस्ने वर्ष ३३ का राजुकुमार पाण्डे पक्राउ परेका छन् । नेपाली बिस लाख रुपैंया भन्दा बढि रकम निकाल्ने कार्यमा संलग्न पाण्डेलाई मिति २०७६ असार ५ गते पक्राउ गरि उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंज काठमाण्डौंले जनाएको छ ।

पक्राउ परेका पाण्डेका साथबाट जम्मा १२ वटा कार्डहरु बरामद गरिएको छ । यसैगरी रातो कलरको नोकिया कम्पनीको मोबाईल एक थान ,सिलवर कलरको आइफोन १ थान , नेपाली नगद रु १००० दरका ६६२ थान नोट रु। ६,६२,००० र रु ५०० दरका ४८ थान नोट रु २४, ००० , बा ७३ प ७६८५ रातो कलर सिबि युनिकन मोटरसाइकल १ थान र एप्पल कम्पनीको ल्यापटप २ थान समेत बरामद गरिएको ब्युरोले जनाएको छ । साथै अनुसन्धानका क्रममा पक्राउ अभियुक्त राजु पाण्डे र ३ जना रोमानियन नागरिकहरु मिली राष्ट्रिय वाणिज्य बैंकको काठमाण्डौं स्थित विभिन्न एटिएम बुथबाट पैसा निकालेको , रोमानियन नागरिकहरुको ७र८ महिना अगाडी नेपाल आउदा ठमेलमा चिनजान भई उक्त कार्यमा संलग्न रहेको , पक्राउ अभियुक्तले विदेशीहरुलाई बिभिन्न एटिएम बुथमा पुर्याई बुथबाट अनाधिकृत रुपमा निकालिएको रकम बाँडफाँड गरि लिने गरेको समेत खुल्न आएको छ । हाल उक्त विदेशीहरुले नेपाल छोडी सकेको बुझिएको पनि सिआइबिले जनाएको छ ।

यसका साथै

सिआईले हालसम्म नेपाली रु। ९५ लाख ६२ हजार ८५०, अमेरिकी डलर ७५ हजार २ सय २५, युरो ७३ हजार ८ सय ७५, ईन्डोनेसियन रुपी ३३,०००।–, फिलिपिन करेन्सी ४७० र विभिन्न एटिएम कार्ड १३६९ थान बरामद गरिएको र एटिएम कार्ड ठगीमा ब्यूरोले हालसम्म ६ नेपाली, ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, २ भारतीय र ४ मोल्दोभियन गरी जम्मा २४ जनालाई पक्राउ गरीएको केन्दि«य अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

२०७६ असार ८ गते प्रकाशित

वि.सं.२०७६ असार ८ आइतवार १६:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...