back
NMB ad

शिवपुरी मिडिया नेटवर्कको वार्षिकोत्सव सम्पन्न, १ लाखको अपांगता सहायता कोष घोषणा

Kumari bank ad

काठमाडौँ । शिवपुरी मिडिया नेटवर्क, सगरमाथा पोष्ट डटकम र अग्निवाण पाक्षिक पत्रिकाले आफ्नो क्रमशः १२औँ, छैठौँ र तेस्रो वार्षिकोत्सव मनाएको छ ।

राजधानीको भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा एक कार्यक्रमको आयोजना गरी शिवपुरी मिडिया नेटवर्कको १२औंं, सगरमाथा पोष्ट डटकमको छैठौं र अग्निवाणको तेस्रो वार्षिकोत्सव मनाइएको हो । बार्षिकोत्सबको अवसरमा अध्यक्ष रबिन प्रसाद थपलियाले १ लाख राशिको शिवपुरी मिडिया अपांगता सहायता कोषको घोषणा गर्नुभयो । केहि समय अगाडी नुवाकोटको शिवपुरी ८ थानापति मन्दीरमा आयोजना गरिएको कार्यक्रमबाट बचत भएको केहि रकममा शिवपुरी मिडियाको तर्फबाट थप गरि रु १ लाखको अक्षय कोष स्थापना गरिएको अध्यक्ष थपलियाले जानकारी दिनुभयो । अध्यक्ष थपलियाले अक्षय काषमा प्रत्यक बर्ष रकम बृद्धि गदै त्यसको व्याजबाट प्राप्त रकमबाट अपांगता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, सहायक सामग्री लगायतमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अथिति स्वामी आनन्द अरुणले मुलुकको सनातन धर्ममाथि आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मिडिया क्षेत्र देशको चौथो अंग हो। यस क्षेत्रमा लागेका पत्रकाहरूले देशको संस्कृतिका बारेमा लेख्नुपर्छ। संस्कार, संस्कृति र सम्पदा हाम्रा पहिचान हुन् । हाम्रो पहिचान जोगाउनु हाम्रै कर्तव्य हो।

सडक दुर्घटनाबाट अपांगता भए पनि पत्रकारीतामा १८ बर्ष दखि क्रियाशील अध्यक्ष थपलियाको प्रसंसा गर्नुहुंदै बोधिसत्व स्वामी अरुण आनन्दले भन्नुयो“शारिरीक रुपमा कम्जोर भएका तर मानेविज्ञानका रुपमा निक्कै शक्तिशाली व्यक्तिहरूको यो पत्रकारिताले समाजलाई परिवर्तन गर्नमा योग्दान पुर्याउने मैले विश्वास लिएको छु।”’

स्वामी अरुणले गरिबीको अन्त्य नभएसम्म देश समृद्धी बन्न नसक्ने दाबी गर्नुहुंदै भन्नुभयो ‘हामी सबै मिलेर काम गर्ने हो भने यो सब समाधान हुन्छ । महाभारतमा भनिए झैँ ‘इमान्दार मानिस इश्वरको सर्वोउत्कृष्ट कृति हो’ त्यसैले गल्ति गर्ने मानिसको यस धर्तिमा कुनै सम्मान हुँदैन। राम्रो काम गर्ने प्रयास गरौं, यसैमा सबैको भलो हुनेछ।’

स्वामी आनन्दले पत्रकारिताको माध्यमबाट समाजिक चेतना अभिवृद्धिका साथै धर्म र संस्कृतिको संरक्षण प्रवद्र्धनमा समेत खबरदारी गर्न आग्रह गर्नुभयो ।

उहाँले कुनै समय नेपालभन्दा कमजोर रहेका चीन, मलेशिया, सिङ्गापुरलगायतका मुलुकको विकास र प्रगतिलाई आत्मसात् गर्दै सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन सबै क्षेत्रको सक्रियता चाहिने औँल्याउनुभयो ।

कार्यक्रममा स्वामी अरुण आनन्दले शिवपरी मिडिया नेटवर्कद्वारा प्रकाशित स्मारिका विमोचन गर्नु भएको थियो ।

शिवपुरी मिडियाको बार्षिकोत्सबको उक्त अवसरमा बोधिसत्व स्वामी अरुण आनन्दले कारोवार दैनिकका पत्रकार गजेन्द्र बुढाथोकी, राष्ट्रपति उत्कुष्ट किसानबाट सम्मानीत भइसक्नु भएका नुवाकोटका किसानका अगुवा तथा समाजसेवी रामप्रसाद पुडासैनी, तारकेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष बलराम सिटौला, कान्तिपुर टेलिभिजनका पत्रकार विकास थपलिया, रिपोर्टस क्लबका फोटो पत्रकार मुकुन्द कालिकोटे,साकुरा नेपाल कन्सलटेन्सीका सञ्चालक, समाजसेवी लायन अनुज कुमार श्रेष्ठ, फ्लाइटेक इन्टरनेश्नलका एमडि नाजिर हुसैन, डिटीएमका संयोजक माधव प्रकाश सुवेदी,पत्रकार राजु भट्ट, समाजसेवी गोपीनी खडका तथा बलराम खड्का, र चन्द्रिका आचार्य,लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै ब्रह्मकुमारी राजयोग सेवा केन्द्र ठमेलकी बरिष्ठ राजयोग प्रशिक्षिका ब्रह्मकुमारी कुसुमले क्रान्तिकारी परिवर्तनमा मिडियाको विशिस्ट योगदान रहेको बताउँदै सत्य, तथ्य र निस्पक्ष समाचार मार्फत मानवमा नयाँ जोस, जाँगर र उमङ्ग भरि सत्य अहिंसा तथा स्वर्णिम सञ्सारमा परिणत गर्न यो मिडिया अगाढि बढोस् भनि शुभकामना दिनुभयो ।

उहाँले, सामाजीक र परोपकारी काममा शिवपुरी मिडिया नेटवर्क र आवद्धसंस्थाले गरेका कामहरु निकै उदाहारणीय रहेको भन्दै यस्ता सामाजीक काममा सवैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले शिवपुरी मिडिायाको अभियानमा आफुपनि साथमै रहेको बताँउदै रचनात्मक काममा मिडियाले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।

सम्मान पछि कारोबार दैनिकका पत्रकार गजेन्द बुढाथोकीले शारीरिक कठिनाइका बीच पनि जनतालाई सुसूचित र सदाचारका लागि लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत पाटका न्याधीश अग्निप्रसाद थपलिया, राजपाका बरिष्ठ उपाध्यक्ष राजकुमार थापा, जनता दलका अध्यक्ष हरिशचरण शाह, राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्मा, बरिष्ठ पत्रकार गोपाल थपलिया, गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठक, समाजेसवी केदारनाथ पाठक, थानापति सेवा समाजका अध्यक्ष होमनाथ थपलिया, पारामाउण्ट स्कुलका प्रिन्सीपल मुकुन्द प्रसाद पाण्डे लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा परम्परागत संस्कृति झल्कने खैँजडी भजन, गायक सञ्जय पाण्डेद्धारा आधुनीक गित, नृत्यांगना प्रनिसा पाठकको नृत्य, पारामाउण्ट स्कुलका विद्यार्थीहरुद्धारा ग्रुप तथा कल्चर नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न गीतसङ्गीत र नृत्य प्रस्तुत समेत गरिएको थियो ।

कार्यक्रममा शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रबिन प्रसाद थपलियाका हजुरबुबा ज्ञानप्रसाद थपलिया ९९औँ जन्मोत्सव मनाइएको थियो।

२०७६ असार ८ गते प्रकाशित

वि.सं.२०७६ असार ८ आइतवार १७:०७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...