Logo

ह्वावेका उत्पादनहरूमा शतप्रतिशत पैसा फिर्ता ग्यारेन्टी

काठमाण्डौ । नेपालका लागि ह्वावे स्मार्टफोनको वितरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक चल्न नसक्ने भन्ने चिन्ताहरूका माझ यदि ती एपहरू आफ्नो फोन वा ट्याब्लेटमा नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाउँने बताएको छ ।

यो प्रत्याभूतिले ह्वावे स्मार्टफोनका प्रयोगकर्ताहरूले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम र नन–गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्नेछन् ।
यसले ह्वावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई प्रत्याभूति गराउँने बताइएको छ ।

ह्वावे विश्वमै टेलिकम्युनिकेशन उपकरणहरू उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक भएको र सामसङपछिको विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक समेत भएको कप्पनिको दाबि छ ।

२०७६ असार ९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com