back
NMB ad

सिरिन्ज प्रकरणः कृपया सिनेमा हेर्न जाँदा आफु बस्ने कुर्सी राम्रोसँग चेक गर्नुहोला

Kumari bank ad

काठमाडौं । एक युवतीले मध्य रातमा ‘एचआइभी क्लवमा स्वागत छ’ भन्दै युवकलाई सिरिन्ज लगाइन। युवतीले एचआइभी संक्रमित सुई युवकलाई लगाएको पीडितले प्रहरीलाई जानकारी दिए। यो घटना अमेरिकाको सिटल शहरको उत्तरी क्षेत्रको हो। उक्त घटना १७ सेप्टेम्बरको करिव १२ बजेर १५ मिनेटको मध्य रातमा घटेकोे हो।

आफुलाई सुई लगाउने महिला करिव २० वर्ष जति भएको प्रहरीसँग बताए। उनका अनुसार छरिएका लामो फोहोरी कपाल भएकी ती महिलासँगै एकजना उही उमेरका पुरुष पनि हिडिरहेका थिए। जसले बेसवलको टोपी लगाएको थियो। पीडीत घटना घटेका बेला आफ्नो प्रेमिकासँग बाटोमा हिडिरहेका थिए।

जब ती युवती आफु नजिक आइन् उनलाई आफ्नो बायाँतिर कुनै तिखो वस्तुले बिजेको जस्तो महसुस भयो। र ती महिलाले सुई लगाउदै ‘एचआइभी क्लवमा स्वागत छ’ भनेको पीडितले प्रहरीलाई बताएका थिए।

पीडित लेक यूनियनको याच मूर्डमा काम गर्दै आएका छन्। उनी आफूमाथि भएको हमलाका बारेमा कुरा गर्न चाहदैनन्। त्यो घटनाबाट एकदमै डराएको र आफ्नो स्वास्थ्यलाई लिएर एकदमै चिन्तित रहेको उनको परिवार स्रोतले जनाएको छ।

प्रेमिका र आफुले त्यो घटनादेखि ती महिला र पुरुषलाई कहिलेपनि नदेखेको प्रहरीसामू भनेका थिए। सिटल प्रहरीका जासुस प्याट्रिक मिचोडका अनुसार सिटल शहरमा आज भन्दा पहिले कहिले पनि यस्तो घटना नघटेको बताए। अन्य छिमेकी शहरमा सुनेको भए पनि सिटल शहरमा यस्तो घटना नौंलो रहेको उनले बताए।

सिटल कै हार्वरभ्यू हस्पिटलमा उपचार भइरहेको छ। अहिले पीडितमा एचआइभी संक्रमित सिरिन्ज लगाइएको हो वा होइन् भन्ने अवस्था नरहेको प्रहरीको भनाई छ। डाक्टरका अनुसार पीडितलाई लगाइएको सिरिन्जमा यदि भर्खरै एचआइभी संक्रमित भएको मानिसको रगत राखिएको थियो भने ३ प्रतिशत एचआइभी हुने सम्भावना छ। सुई लगाएको एक घन्टाभित्र पीडितको पोस्ट एक्सपोजर प्रोफिलक्सिस (पिइपी)को उपचार भएको खण्डमा पनि पीडितमा एचआइभी संक्रमण हुन सक्ने न्यून सम्भावना रहेको हार्वरभ्यू हस्पिटलका मेडिसन क्लिनिक तथा रोग संक्रमण क्लिनिकका चिकित्सक सिरिसा धानी रेड्डीको भनाई छ। पीडितले आफुमाथि हमला भएको दुई दिनपछि मात्र प्रहरीलाई खबर गरेका थिए। सिटल प्रहरीले अपराधबारे जानकारी जति सक्दो चाडो दिन सबै जनालाई आग्रह गर्दै आइरहेको छ।

सन २०१८ जुनमा ‘द फ्रेडी टिभीको वेवसाइटले एउटा ‘सार्वजनिक स्थानमा एचआइभी संक्रमित सिरिन्ज भेटिएको’ भन्ने शिर्षकमा लेख प्रकाशित गर्यो। उक्त लेखमा उल्लेख भए अनुसार धेरै देशका सिनेमा घरहरुमा राखिएका कुर्सीमा यस्ता संक्रमित सिरिन्ज भएको पाइएको थियो। फिल्म हेर्न आउने दर्शकलाई केन्द्रविन्दु बनाएर एचआइभी संक्रमित सुईले एचआइभी सार्ने गरेको पाइएको थियो।

एउटा घटना अनुसार महिला फिल्म हेर्ने भनेर हलभित्र जान्छिन्, कुर्सीमा बस्छिन् र कुनै तिखो वस्तुले बिजेको जस्तो महसुस गर्छिन्। यसो हेर्दा एउटा सुई र सानो केही लेखेको कागज देख्छिन्। कागजमा लेखिएको थियो, ‘तिमी एचआइभी संक्रमीत भयौं।’ यस्ता धेरै सिरिन्जहरु सार्वजनिक स्थानमा भेटिएका थिए। ति सबै सिरिन्जमा एचआइभी संक्रमित रगत भएको रोग नियन्त्रण केन्द्रले जनाएको थियो। सिडीसिले अन्य धेरै मुलुकहरुमा पनि यस्तो प्रकारको घटना घटेको बताएको थियो। विगतदेखि नै यस्तो डर लाग्दो घटना घटाउन एउटा समूह हरेक देशमा सकृय रहेको विभिन्न सञ्चार माध्यमबाट जानकारी पाउन सकिन्छ।

केही दशक अगाडि मात्र पनि यस्ता घटनाहरु सार्वजनिक भएका थिए। घटना हो १९९८ मा भारतको मुम्बईमा रहेको प्रख्यात मेट्रो सिनेमा हलको। जहाँ यस्तो डर लाग्दो घटना घटिसकेको थियो।

कलेज पढ्ने महिलाहरुको एउटा समूह सो सिनेमा हलमा छिरेको थियो। चलचित्र हेर्ने क्रममा ती मध्ये एकजना महिलालाई आफु बसेको कुर्सीमा केही तिखो वस्तुले घोचेको जस्तो लाग्यो। तर उनले खासै वास्ता गरिनन्। केही समयपछि उनलाई दुखे जस्तो भयो र छुँदा रगत आएको देखेर बसेको ठाउँमा हेर्दा सानो सुई राखिएको रहेछ। उनले सईसँगै एउटा कागजको टुक्रा पनि भेट्टाइन्। कागजमा लेखिएको थियो, ‘एड्सको संसारमा तपाईलाई स्वागत छ।’ यसलाई ति महिलाले एउटा भद्दा मजाक सम्झेर वास्ता गरिनन्। यो घटनाको दुई हप्तापछि उनले आफुमा एचआइभी संक्रमण भएको पाईन्। जब उनले प्रहरी समक्ष गएर आफुमाथि घटेको घटना सुनाइन्, अनि थाहाँ पाइन् कि आफु एउटा ठूलो अपराधको सिकार बनेको।

‘कृपया सिनेमा हेर्न जाँदा आफु बस्ने कुर्सी राम्रोसँग चेक गर्नुहोला।’ सन १९९८ मा यो घटना हो अमेरिकाको हवाई राज्यको, जहाँ एउटै कार्यालयमा काम गर्ने साथीहरुको समूह कुनै सार्वजनिक स्थानको कुर्सीमा बस्छन्। तीनै मध्ये एक जना महिलालाई सूईले बिज्छ, उनले फर्केर हेर्दा एउटा सियोसँगै सानो कागजको टुक्रा पनि भेट्छिन्। जसमा लेखिएको हुन्छ, तिनै भयानक शब्दहरु ‘तपाईलाई नयाँ संसारमा स्वागत छ, अब तपाई एचआइभी पोजिटिभ हुनु भयो।’ त्यसपछि सियोलाई जाँच गर्दा एचआइभी संक्रमित भएको डाक्टरले प्रमाणित गर्छन्।

त्यस्तै सन २००१ मा क्यानडाको सास्केच्वान शहरमा एकजना महिला कुर्सीमा राखिएको कुनै तिखो वस्तुमा बस्न पुग्छिन्। यसो हेर्दा त्यहाँ एउटा सिरिन्ज कागजको टुक्रासँग राखिएको हुन्छ। जसमा लेखिएको हुन्छ, ‘तपाई एचआइभी संक्रमित हुनुहुन्छ।’

यस बारेमा रोग नियन्त्रण केन्द्रले सबैजनालाई आफुहरुले प्रयोग गर्ने कुर्सीलाई राम्रोसँग जाँच गरेर मात्र बस्न आव्हान गरेको थियो। यसले आफ्ना घरपरिवारलाई पनि सचेत रहन आग्रह गरेको थियो।

अष्ट्रेलियाको मेलर्वनमा सन २००२ मा एक जना महिला फिल्म हेर्न सिनेमाभित्र जान्छिन्। उनी एउटा कुर्सीमा बस्छिन् जहाँ एउटा सियोले उनलाई बिज्छ। झुकेर हेर्दा देख्छिन् सानो सियो र कागज। जसमा लेखिएको थियो, ‘तपाई भर्खरै एचआइभी संक्रमित हुनुभयो।’

घटनामा भेटिएका सबै सिरिन्जहरु जाँचेर हेर्दा एचआइभी संक्रमित रहेको पुष्टि सिडीसिले गर्छ। सिडीसिको रिपोर्ट अनुसार पैसा झिक्ने एटिएममा समेत यस्ता संक्रमित सिरिन्ज भेटिएको थियो। सिडीसिले सबै नागरिकलाई सचेत रहन आग्रह पनि गरिरहेको छ। यसबीच दुई महिनाको अन्तरालमा अष्ट्रेलियाको दक्षिणी क्षेत्रमा १२ करिब जना मानिसहरुमा एचआइभी लागेको तथ्याकं सिडीसिले देखायो।
विश्व भरका भारत, डल्लास, पेरिस, हवाईजस्ता प्रख्यात देशहरुमा यस्तो डर लाग्दो घटना भइसकेको छ। (साभारः नागरिक न्यूज )

२०७६ असार ९ गते प्रकाशित

वि.सं.२०७६ असार ९ सोमवार १४:३९ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...