back
NMB ad

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको माथिल्लोे ठाडो सुरुङमा पेनस्टकका लागि पाइप जोडियो

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ। माथिबाट तल सफलतापूर्वक एउटा पाइप पु¥याएसँगै जडान कार्य पनि शुरु भएको छ। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो।

मङ्गलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन तौल भएको पाइप ३५ टन तौल क्षमताको क्रेनबाट दुई घण्टामा माथिबाट तल झारेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने जानकारी दिए। तल्लोभन्दा माथिल्लो क्रेनको गति निकै छिटो भएको उनले बताए। यसको गति सात मिटर प्रतिमिनेट रहेको उनले जानकारी दिए।

मङ्गलबार दिउँसो माथिल्लो ठाडो सुरुङको पहिलो पाइप झार्न काम आयोजना प्रमुख दिनेशजङ्ग राणा, पावरहाउस तथा मेकानिकल महाशाखा प्रमुख नारायण जैसी तिवारी, इलेक्ट्रिकल महाशाखा प्रमुखतलगायतको उपस्थितिमा भएको आयोजनाका प्रवक्ता डा। न्यौपानेले जानकारी दिए।

दश दिनअघि तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र २८ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । “तल्लो खण्डको तुलनामा माथिल्लोको गति छिटो नै होे”, उहाँले भन्नुभयो, “पाइप जडानकै कारण आयोजनाबाट विद्युत् उत्पादन जटिल बन्दै गएकोमा अब सफलता मिल्नेमा आशावादी बनेका छौँ ।”

माथिल्लो ठाडो सुरुङमा पाइप झारेपछि पुछारमा रहेको बेण्ड पेनस्टक पाइप मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कङ्क्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान शुरु हुनेछ । माथिल्लो पेनस्टक साफ्ट ३१० मिटरको छ ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीयभार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । तर माथिल्लो साफ्टको ३१० मिटरको पाइप जडानकार्य भने भारतीय कम्पनी (लट) कै टेक्सम्याको रेल्वे एण्ड इञ्जिनीयरिङले नै गर्दै आएको छ ।

२०७६ असार १२ गते प्रकाशित

वि.सं.२०७६ असार १२ बिहीवार १३:२८ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...