back
NMB ad

नेपाललाई गर्ने वार्षिक सहयोग राशिलाई बढाउने अनकनको घोषणा

Kumari bank ad

काठमाडौं । युएसए– नेपाल कम्युनिटी आउटरिच नेटवर्क (अनकन) ले नेपालमा वार्षिक रुपमा सहयोग गर्दै आएको दश हजार अमेरिकी डलरको सहयोग राशीलाई बढाउने घोषणा गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनकनले यस्तो जानकारी गराएको हो । सन् २०१४ देखि नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा वार्षिक दश हजार अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गर्दै आएको अनकनले पछिल्लो समय आफ्नो सहयोगलाई बढाउने तयारी समेत गरेको अनकनका उपाध्यक्ष विलास उपाध्यायले जानकारी दिए । अनकनले काठमाडौंको जयबागेश्वरीमा रहेको असहाय बालबालिकाको पालनपोषणको लागि बाल सारथीलाई आर्थिक सहायता प्रदान गरेको छ ।

संयुक्त राज्य अमेरिकाको टेक्सासमा मुख्य कार्यालय रहेर काम गर्दै आएको अनकन गैरनाफामूलक संस्था हो । उपाध्यायले संस्थाको मुख्य उद्देश्य भनेको नै गरिबी तथा भोक निवारण गर्नु रहेको सुनाए । यसको अलावा असक्त तथा उपचारबाट बञ्चित रहेकाहरुलाई स्वास्थ्य सेवाको लागि सहयोग गर्नेपनि संस्थाको उद्देश्य रहेको उनले जनाए । संस्थाले यसअघि बाँकेको चिसापानीमा रहेको सुर्योदय माध्यामिक विद्यालय, बाग्लुङको विश्वकर्मा उच्च मावि, लमजुङका जनकल्याण उच्च मावि र लोक आदर्श मावि, चितवन भरतपुरको हिमालय निमावि र सप्तरीको राजयोती माविमा कम्प्युटर ल्याब बनाईदिएको उपाध्यायले जानकारी दिए ।

पछिल्लो पाँच वर्षमा अनकनले २० विद्यार्थीहरुलाई चाईल्ड डेभलपमेन्ट सोसाईटी (सिडिएस) सँगको सहकार्यमा पूर्ण छात्रवृत्ति र खानपिनको लागि सहयोग प्रदान गरेको छ । त्यस्तै, भक्तपुरको गणेश माध्यामिक विद्यालयलाई पनि विद्यार्थीहरुको खानपिनको लागि यो वर्ष एक हजार अमेरिकी डलर सहयोग गर्ने सम्झौता गरिसकेको उपाध्यायले जनाए ।

त्यस्तै, अनकनले सुदुर पश्चिममा अझैपनि कायम रहेको छाउपठी प्रथा न्यूनीकरणको लागि विभिन्न परियोजनाहरु सञ्चालनमा ल्याएको छ । अनकनले अमेरिकामा रहेको एनईसी’ ९९ सिभिलसँगको सहकार्यमा लमजुङमा रहेको शारदा माध्यामिक विद्यालयमा दुई कोठाको ब्लक बनाईदिएको थियो । त्यस्तै, काठमाडौंमा रहेको जनमैत्री बहुमुखी क्याम्पसमा पनि दुई कोठाको पुस्ताकालय बनाईदिएको छ । उपाध्यायले संस्थाको नेपालको कन्ट्री डाईरेक्टर पनि चाँडै नियुक्ती गर्ने जनाए ।

२०७६ असार १५ गते प्रकाशित

वि.सं.२०७६ असार १५ आइतवार १०:४१ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...