back
NMB ad

तयार रहनुहोस्, हाइड्रोपावर कम्पनीको ७६ लाख कित्ता आइपीओ खुल्दैछ

Kumari bank ad

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको आईपीओ असार २५ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले कुल ७६ लाख ७२ हजार २१० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर थप गरी सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हिमाल दोलखाको आइपीओमा असार २९ गतेसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने साउन २४ गतेसम्म भर्न सकिनेछ ।

यो कम्पनीले ४.५५ मेगावाट क्षमताको माईखोला साना जलविद्युृत आयोजना तथा ८ मेगावाट क्षमताको माई स्मल क्यास्केड आयोजना संचालनको क्रममा छ । दुवै आयोजना इलाम नगरपालिकामै छन्।

२०७६ असार १८ गते प्रकाशित

वि.सं.२०७६ असार १८ बुधवार १०:५४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...