Logo

प्रिमियर इन्सुरेन्सको ८४ प्रतिशत बोनस सुरक्षित गर्न आज अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ८४ प्रतिशत बोनस सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।

कम्पनीले असार ३१ गते साधारण सभा गर्न असार २० गते देखि बुक क्लोज गर्दैछ । यसआधारमा लाभांश दाबी गर्न बिहीबारसम्म सेयरधनी कायम रहनुपर्नेछ । बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्नेछ । प्रिमियरले हाल कायम ५८ करोड ४० लाख रुपैयाँको ८४ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

यसैगरी, अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि पेश हुनेछ । प्रस्तावित ८४ प्रतिशत बोनस सेयरपछि प्रिमियरको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

२०७६ असार १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com