back
NMB ad

मल्टिपर्पोज फाइनान्सको हकप्रद सेयर खुला हुने

Kumari bank ad

काठमाडौं । असार २३ गते सोमबार अर्थात भोलिबाट मल्टिपर्पोज फाइनान्सको हकप्रद सेयर खुला हुने भएको छ । कम्पनीले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । ८६५ प्रतिशत हकप्रद सेयर खुला गरेको मल्टिपर्पाेजको १ कित्ता बराबर ८.६५ कित्ता रहेको छ । आवेदनका लागि मल्टिपर्पोज फाइनान्सको सम्पूर्ण शाखा र बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल रहने यस हकप्रद सेयरका लागि साउन २६ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । यस्तै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन बुझाउन सकिनेछ ।

प्रतिकित्ता १०० रुपैयाको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको यस फाइनान्सको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ रहेकोछ । भने हकप्रद बिक्रीपछि ४० करोड रुपैयाँ पुग्ने बताइएको छ । अहिले कम्पनीको पुँजी संरचना संस्थापक र सर्वसाधारणको ६०ः४० अनुपातमा रहेको छ । हकप्रद बिक्रीपछि पनि यही अनुपात नै कायम रहने बताइएको छ । यो हकप्रदलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ प्रदान गरेको छ । हकप्रद बिक्रीबाट प्राप्त हुने रकममध्ये ७ं०% कर्जा तथा सापट, १५% लगानी, १०% शाखा विस्तार र अन्यमा ५% खर्च हुनेछ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २४ लाख ९९ हजार ४९३ रुपैयाँ खुद नाफा कमाएको छ । रिजर्भ कोषमा पनि ११४.८३५ ले वृृद्धि गरेर २ करोड ७३ लाख २८ हजार १०१ रुपैयाँ जम्मा गरेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३३ पैसा रहेको छ।

२०७६ असार २२ गते प्रकाशित

वि.सं.२०७६ असार २२ आइतवार १३:२७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...