back
NMB ad

धादिङ बन्यो औद्योगिक हब , अर्बौ लगानीमा उद्योग , ठूला बजारलाई लक्षित गर्दै प्लान्ट

Kumari bank ad

धादिङ । कुनै समय वीरगंज, विराटनगर र भैरहवा औद्योगिक करिडरमा उद्योग स्थापना गर्ने प्रतिस्पर्धा चल्थ्यो। विदेशबाट आउने कच्चा पदार्थ र भारत निकासी गर्न सहज हुने देखेर ती कोरिडरमा उद्योग लगाउने प्रतिस्पर्धा नै थियो।

अहिले ठूला व्यापारिक घरानाको नजर औद्योगिक करिडरमा होइन राजधानी सँगै जोडिएको धादिङमा पर्न थालेको छ। राजधानीसँग जोडिएको जिल्ला भएकै कारण ठूला घरानाले यहाँ अर्बौ लगानीमा उद्योग स्थापना गर्न थालेका छन् ।

राजधानी कुनैपनि वस्तुको सबैभन्दा ठूलो बजार हो। त्यति मात्रै होइन धादिङबाट डेढ सय किलोमिटरको दूरी वरपर अर्को ठूलो बजार चितवन र पोखरा समेत पर्छ। राजधानी र सडक संजालसँग जोडिएपनि तुलनात्मक रुपमा जग्गा सस्तोमै पाइने भएकाले उद्योगी नजर धादिङमा परेको हो।

धादिङमा अहिले सिमेन्ट,औषधी, एफएमसीजी, डन्डी, पोल्ट्री लगायतका उद्योग स्थापना भइरहेका छन्।

जिल्लाको नौबिसे, खानीखोला घाटबेसी, महादेवस्थान जोगिमारा, बेनीघाट, थाक्रे, केवलपुर, भुमेस्थान, पिडा, बैरनी लगायत स्थानमा उद्योग स्थापना भइरहेका छन्।

सिमेन्टको हब
केएल दुगड समूहले नौबिसेमा युनाइटेड सिमेन्ट स्थापना गरेको छ। ललितपुरमा खानी भएपनि उद्योग स्थापनाका लागि सहज रुपमा जग्गा उपलब्ध भएपछि त्यहाँ उद्योग स्थापना गरेको हो।

यो उद्योगबाट दैनिक तीन हजार टन सिमेन्ट उत्पादन हुन्छ। तीन अर्ब लगानीमा स्थापना भएको उद्योगको युनाइटेड ब्राण्डको सिमेन्ट स्थापित भइसकेको छ। दुगड समूहका जनसम्पर्क अधिकृत उपेन्द्र सिग्देलले ढुवानी लागतकै कारण धादिङमा उद्योग स्थापना गरिएको बताए।

‘सिमेन्टको सबैभन्दा ठूलो बजार भनेको काठमाडौं नै हो। सिमेन्टका लागि ढुवानी भाडाको ठूलो हिस्सा हुन्छ । त्यसैले हामीले धादिङमा उद्योग राखेका हौं’ उनले भने यही उद्योग भैरहवा वा वीरगंजमा राखेको भए एक बोराकै सय रुपैयाँसम्म सिमेन्टको लागत महँगो पर्थ्यो । तर यहाँ हुँदा हामीले त्यो एडभान्टेज पाएका कारण बजारमा स्थापित गर्न सहज भएको छ।’

मंगला सिमेन्ट उद्योगले नौबिसेमा जग्गा खरिद गरिसकेको छ। कम्पनीले ओपिसी ६० हजार टन, पिपिसी ८० हजार र पिएससी २० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ। यो उद्योगमा ४३ करोड लगानी गर्ने प्रतिवद्धता उद्योग विभागमा गरेको छ। यस्तै १४ अर्ब लगानीमा हुवासिन सिमेन्टले समेत उद्योग स्थापनाको काम गर्दैछ।

बेनिघाट रोराङ गाउँपालिकामा हुवासिनले २ सय ५० जना चिनियाँ र ३ सय ५० जना नेपाली कामदार लगाएर संरचना तयार पारिरहेको छ। कम्पनीले १५ प्रतिशत भन्दा बढी काम सकिसकेको छ।

चौधरी समूहले पनि किन्यो जग्गा
चौधरी समूहले चाउचाउ लगायतको एफएमसिजी प्रडक्टको प्लान्ट पनि धादिङमा लगाउने भएको छ। प्लान्टका लागि यो समूहले जग्गा समेत किनिसकेको छ।

समूहले नौबिसेमा ५ कित्तामा ६७ हजार ३ सय ५७ वर्ग मिटर जमिन खरिद गरिसकेको छ। कम्पनीको सिजी प्रिन्ट एण्ड प्याकेजिङको नाममा पहिलो कित्तामा ४ हजार ६९, दोस्रोमा १७ हजार ८ सय ५, तेस्रोमा ४ हजार ६९, चौथोमा ४५ सय ६८ र सीजी फुड्स् इन्ड्रष्ट्रिज प्रालीको नाममा ३६ हजार ८ सय ४६ वर्ग मिटर जग्गा खरिद गरिसकेको छ।

कम्पनीका कम्युनिकेशन महाप्रवन्धक मधुसुदन पौडेलले मास्टर प्लान तयार भइरहेको बताउँदै कुन उद्योग लगाउने बारेमा निर्णय नभइसकेको बताए।

औषधी उद्योग पनि
वेभ फार्मेस्ट्युकल्सले धुनीबेशी नगरपालिकामा औषधी उद्योग स्थापनाको तयारी गरेको छ। कम्पनीले यो उद्योगमा ४३ करोड ४२ लाख लगानी गर्नेछ।

उद्योगबाट १० करोड क्याप्सुल, ५ करोड युनिट ओरल लिक्विड, ३ लाख लिटर मल्हम, २० लाख वटा ट्युवस, इलेक्ट्रोल वाइटीई २० हजार केजी र ड्राइ सिरप ७ सय केजी उत्पादन गर्ने लक्ष्य लिएको छ।

ठूलो लगानीमा पोल्ट्री
नौबिसेमा राम लक्ष्मण पोल्ट्री फार्मले ३२ करोड ३० लाख लगानी गरेर कुखुरापालन गरिरहेको छ। सो पोल्ट्रीबाट १५ हजार ब्रोइलर्स, लेयर्स २ हजार वटा, ५ लाख अण्डा र चल्ला समेत उत्पादन गर्नेछ।

ब्लक उद्योग
बेनीघाटमा एएसी लाइट ब्रिकले २१ करोड लगानी गरेर एसीसी ब्लक उत्पादन गर्दैछ। कम्पनीले बेनिघाट र पिडामा १७ वर्गमिटर जग्गा खरिद गरिसकेको छ। उद्योगबाट २४ लाख १७ हजार कंक्रिट ब्लक उत्पादन गर्ने लक्ष्य लिइएको छ।

ब्रुअरी उद्योग पनि
धादिङ क्षेत्रमा ब्रुअरी उद्योग पनि स्थापना हुने क्रममा छ।हिमालयन ब्रुअरीले उद्योगका लागि नौबिसेमा जग्गा खोजिरहेको छ।गोदावरीमा रहेको उद्यो नौबिसेमा स्थानान्तरण गर्न खोजेको हो।

ग्यास उद्योगको हब
नौबिसेदेखि गजुरीसम्म १५ वटा ग्यास उद्योग संचालनमा छन्। यी क्षेत्रमा ज्वाला, ओम, श्रीकृष्ण, श्री, मेट्रो काठमाडौं, सिद्धार्थ, कोशी, सुगम, नोभेल, श्रीराम, स्ट्यान्डर्ड, त्रिवेणी, ग्रीन, लुम्बिनी, गीता, श्रीमाया ग्यास उद्योग छन्।

नौबिसेबाट २७ किलोमिटरमै राजधानी जोडिएकाले अधिकांश कम्पनीले यही क्षेत्रमा उद्योग स्थापना गरेका हुन्। यी कम्पनीहरु केहीले आफैं जग्गा किनेर र केहिले जग्गा लिजमा लिएर उद्योग स्थापना संचालन गरिरहेका छन्।

राजमार्ग क्षेत्रको जग्गा मूल्य
जिल्ला मालपोत कार्यालय धादिङले चालु आर्थिक वर्षमा जारी गरेको जग्गाको न्यूनतम मूल्याङकनमा नौबिसे १९क० १९ख० १९ग० १९घ० २९ग० ६९क० ७९ग० ७९घ० ८९ङ० ९९क० मा पर्ने पृथ्वी राजमार्गको केन्द्रबिन्दुबाट ५० मिटरभित्र पर्ने घडेरी प्रयोजनमा आउने दायाँबायाँका जग्गाहरु प्रतिरोपनी ६८ लाख तोकिएको छ।

त्रिभुवन राजपथ नौबिसेरपुल्चोक हेटौडा सडकमा पर्ने ५० मिटर दाँयाबायाँका जग्गाहरु प्रतिरोपनी ३० लाख तोकिएको छ। यस्तै अन्य जग्गाहरु अब्बलको १ लाख २० हजार, दोयम ८८ हजार, सीम ७६ हजार र चाहार जग्गा ४५ हजार प्रतिरोपनी तोकिएको छ।

यसैगरी थाक्रे गाँउपालिकाको राजमार्ग केन्द्रबिन्दूबाट ५० मिटर दायाँ बायाँको घडेरी प्रयोजनका जग्गालाई ३५ लाख प्रतिरोपनी तोकिएको छ। भूमेस्थानमा राजमार्ग वरिपरीको घडेरी योग्य जग्गालाई ३३ लाख तोकिएको छ। यस्तै अन्य जग्गा अब्बल १ लाख ६० हजार, दोयम १ लाख ३० हजार, सीम १ लाख र चाहारलाई ७० हजार तोकिएको छ।

गल्छी गाँउपालिका क्षेत्रमा पर्ने ५० मिटर दायाँबायाँको घडेरी प्रयोजनको जग्गा प्रतिरोपनी २४ लाख रुपैयाँ तोकिएको छ। अन्य जग्गाहरु अब्बल ७५ हजार, दोयम ६० हजार, सीम ४५ हजार र चाहार ४० हजार प्रतिरोपनी तोकिएको छ।

यस्तै बैरेनी राजमार्ग क्षेत्रको घडेरी प्रयोजनका जग्गा ४९ लाख रुपैंया तोकिएको छ। अन्य जग्गाहरु अब्बल १ लाख १० हजार, दोयम १ लाख, सीम ८० हजार, चाहार ५० हजार प्रतिरोपनी तोकिएको छ। तर मालपोतले तोकेको मूल्यभन्दा बढी मूल्यमा जग्गा किनबेच हुने गरेको स्थानीय व्यवसायी उद्धब कँडेलले बताए।

ठूला उद्योग केन्द्र र स्थानीय तहमा मात्रै
जिल्लामा आउने ठूला उद्योगले केन्द्र र स्थानीय तहमा समन्वय भने गर्दैनन्।धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले जिल्लामा आउने उद्योगले संघमा दर्ता हुन अनुरोध गरेको बताउँदै उद्योगले स्थानीय जनतालाई रोजगारी दिनुपर्ने बताए। (स्रोतःबिजमाण्डु)

२०७६ असार २४ गते प्रकाशित

वि.सं.२०७६ असार २४ मंगलवार १०:२४ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...