back
NMB ad

नेप्से उकालो लाग्दैः हेर्नुहोस् यसका आधारहरु के के छन्

Kumari bank ad

काठमाडौं । असार मसान्तमा ऋण र त्यसको ब्याज बुझाउनका लागि लगानीकर्तालाई दबाब परेका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक थोरै ओरालो लाग्न पुगे पनि असारपछि भने शेयर बढ्ने निश्चितजस्तै देखिएको छ । बैंक तथा वित्तीय संस्थाले साउनदेखि धमाधम वार्षिक वित्तीय विवरण सर्वजनिक गर्न थाल्ने, कर्जाको ब्याजदर घट्नेलगायतका कारण शेयर बजार उकालो लाग्ने संकेत देखिएको हो ।

साउनको पहिलो साता बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आउने छ । उनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा उल्लेख रुपमा बढ्ने निश्चित छ । त्यसपछि उनीहरुले कति लाभांश वितरण गर्न सक्छन् भनेर अनुमानसहितको हिसाब–किताब लगानीकर्ताले गर्ने छन् । त्यसपछि शेयर बजार बढ्ने विश्लेषण गरिएको हो ।

त्यसैगरी, असारे विकासले बैंकिड प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै छ । बैंकमा त्यस्तो रकम आएपछि कर्जाको ब्याजदर पनि घट्ने छ । बैंकहरुले कर्जाको ब्याजदर घटाउन थालिसकेका छन् । कृषि विकास बैंकले कर्जाको ब्याजदर १ प्रतिशतले घटाइसकेको छ । अन्य बैंकले पनि कर्जाको ब्याजदर घटाउने तयारीमा छन् । साउनदेखि नयाँ कर्जा लिनेले पनि कम ब्याजदरमा ऋण पाउने र त्यस्तो रकम शेयर बजार आउने भएकाले पनि नेप्से उकालो लाग्ने अनुमान गरिएको छ ।
जेठ १५ गते सरकारले सार्वजनिक गरेको बजेट शेयर बजार अनुकुल आएको छ । त्यसैको आधामा नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि यही महिनाको अन्त्यमा ल्याउने मौद्रिक नीति अनुकूल आयने अपेक्षा लगानीकर्ताले गर्न थालेका छन् । त्यसले पनि शेयर बजार उकालो लाग्न पुग्ने अनुमान गरिएको हो ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा पुँजीगत लाभकरको दर घटाएर ५ प्रतिशतमा झार्ने, गैरआवासीय नेपालीलाई शेयर बजारमा भित्र्याइने, भारित औसत लागत (वेटेड एभरेज) विधिबाट कर लागू गरिने, बैंक मर्जरलाई प्रोत्साहन गर्ने, लगानीयोग्य रकम (तरलता) को अभावको समस्या समाधान गर्न पहल गर्नेलगायतका सकारात्मक प्रभाव पार्ने नीति ल्याइएको छ । ती बुँदाहरुलाई क्रमशः लागू हुँदै जाने गरी राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेकाले पनि शेयर बजार बढ्ने अपेक्षा गरिएको छ ।

साउनदेखि शेयर बढ्ने अनुमान गरिएकाले लगानीकर्तामा खुशीयाली छाएको छ । असारभर शेयर लगानीकर्ताका लागि दुःखका दिन भए पनि साउनदेखि सुखद् दिनको शुरुवात हुने अपेक्षा गर्न थालिएको छ । असारमा लुटिएको खुशी साउनदेखि अन्त्य हुने र लगानीकर्तामा खुशीयाली बहार आउने अनुमान गरिएको छ ।

लगानीकर्ताले नयाँ आर्थिक वर्ष शेयर बजारका लागि शुभ रहने अनुमान गरेका छन् । साढे १२ सय अंक नजिक रहेको नेप्से यसअघि बनाएको नयाँ रेकर्ड बनाएको १८८१ बिन्दुलाई पच्छ्याउँदै उकालो लाग्ने अनुमान गरिएको छ ।

नयाँ वर्षसँगै बढेको नेप्से पछि घट्नुलाई नाफा बुक गर्न थाल्दाको परिणामको रुपमा बिज्ञहरुले लिएका छन् । त्यसैगरी असारमसान्त नकिकै आएकाले लगानीकर्ताले शेयर बिक्री गरेर ऋण र ब्याज तिर्न थालेकोले पनि नेप्से ओरालो लाग्न पुगेको उनीहरुको भनाइ छ ।

केहीले मौद्रिक नीति पर्खेर बसेकाले शेयर बजारमा चमक नदेखिएको तर्क गर्छन् । लगानीकर्ताहरु आ आफ्नै तर्क गर्न व्यस्त छन् । तर्क जे जस्तो गरिए पनि बजेटपछि लगानीकर्ताको हराएको खुशी मौद्रिक नीतिपछि भेटिने अनुमान गरिएको छ ।

बजेटपछि बजारमा सुधार हुन नसके पनि अर्थमन्त्री खतिवडाले ल्याएको बजेटलाई शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले सकारात्मक रुपमा लिएका थिए । शेयर बजारप्रति अनुदार अर्थमन्त्री डा। युवराज खतिवडा पछिल्लो समय उदार भएजस्तै गभर्नर डा। चिरन्जीवी नेपाल पनि शेयर बजारप्रति उदार हुने आँकलन गरिएको छ ।

अर्थमन्त्री खतिवडा शेयर बजारमैत्री नभएको आरोप लागि रहेका बेला उनले बजारलाई उत्थान गर्ने कार्यक्रम ल्याएर लगानीकर्तालाई आश्चर्यमा पारेका थिए । गभर्नर नेपालले पनि अर्थमन्त्री भन्दा उदार भएर शेयर बजारमैत्री नीति ल्याउने अपेक्षा गरिएको छ ।
यतिबेला लगानीकर्ताहरु राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिको प्रतीक्षामा छन् । पुँजी बजारलाई उत्थान गर्ने नयाँ कार्यक्रम आउने हो भने नेप्से बढ्ने निश्चित छ । मौद्रिक नीतिमा शेयर बजार सुधारका कुरा नआए पनि ओरालो लाग्ने सम्भावना भने छैन किनकी शेयर बजार धेरै घटिसकेको छ ।

बजेटमा पुँजी बजारलाई प्रोत्साहन मिल्ने खालका कार्यक्रम आए शेयर बजार अझै उकालो लाग्न सक्ने सम्भावना छ । शेयर बजारलाई असर पार्ने खालको नीति नल्याउँदा मात्र पनि शेयर बजार बढ्रने निश्चित छ । अर्थमन्त्रीले गभर्नर नेपाललाई आफ्नो धुमलिएको छवी सपार्न पनि शेयर बजारमैत्री नीति ल्याउन निर्देशन दिएकाले पनि बजार सुधार हुने कुरामा दुविधा छैन ।

२०७६ असार २५ गते प्रकाशित

वि.सं.२०७६ असार २५ बुधवार १२:५४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...