back
NMB ad

हिमाल दोलखा हाइड्रोपावरको शेयर सर्बसाधारणका लागि बिक्री खुल्ला

Kumari bank ad

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले ७६ करोड ७२ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) असार २५ गतेदेखि सर्बसाधारणका लागि बिक्री खुल्ला गरेको छ। कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्न खोज्दा बिक्री नभएको १४ लाख ७२ हजार कित्ता शेयर समेत थप गरी ७६ लाख ७२ हजार कित्ता शेयर सर्बसाधारणमा प्रतिकित्ता १ सय रूपैया अंकित दरमा बिक्री खुल्ला गरेको हो ।

आइपीओ खरिदको लागि आवेदन दिन चाहाने लगानीकर्ताले सि आश्वामार्फत असार २९ गते सम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै शेयर खरिदको लागि आवेदन नपरेमा लगानीकर्ताले ढिलोमा साउन २४ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ । कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन दिन पाउने ब्यवस्था रहेको बिक्री प्रबन्धक ग्लोबल आईएमईले जनाएको छ ।

कुल निष्काशनमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकीे ७४ लाख ९३ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन । कम्पनीले यसअघि पहिलो चरणमा गत जेठ १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि १६ करोड रूपैयाँ बराबरको १६ लाख कित्ताआईपीओ बिक्री गरेको थियो जसमा १ करोड २७ लाख रूपैयाँ बराबरको १ लाख २७ हजार कित्ता शेयर मात्र बिक्री भएको थियो । सो शेयर कम्पनीले आयोजनाप्रभावितमा बाँडफाँड गरिसकेको छ ।

हिमाल दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मलक्यास्केड गरि दुई वटा आयोजनानिर्माण गरिरहेको छ । माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मलक्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ । माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख र कुल लागत७२ करोड ५१ लाख ४९ लाख रूपैयाँ रहेको छ भने माई खोला स्मल क्यास्केड हाइड्रोपावर को प्रति मेगावट लागत १७ करोड ८० लाख ८७ हजार र कुल लागत एक अर्ब ४२ करोड रूपैयाँ रहेको छ ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्ने कम्पनीले जनाएको छ । माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ बर्ष र माई खोला स्मलक्यास्केड हाइड्रोपावरको विद्युतउत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

२०७६ असार २५ गते प्रकाशित

वि.सं.२०७६ असार २५ बुधवार १४:०२ मा प्रकाशित

You can share this post!

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...