Logo

सिभिल बैंक लिमिटेडको शाखा बाराको गंजभवानीपुरमा

काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द« प्रसाद यादवले गर्नुभयो ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । महागढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९१ पुगेकोे पनि बैंकले जनाएको छ ।

२०७६ असार २६ प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com