Logo

नुप्चे लिखु हाइड्रोलाई माछापुच्छ्रेको साथ, सात बैंकले आठ अर्व दिने

काठमाडौं । साढे ५७ मेगावाटको नुप्चे लिखु हाइड्रोपावर परियोजनालाई माछापुच्छ्रे बैंकको नेतृत्वमा आठ अर्व ऋण लगानी जुटेको छ । १० अर्ब ५७ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको परियोजनालाई माछापुच्छ्रे बैंकको नेतृत्वमा अन्य सात बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गर्ने भएका हुन् ।

परियोजनालाई १६ बर्षका लागि बैंकहरुले ८ अर्ब १६ करोड रुपैयाँ लगानी गर्ने छन् ।

परियोजनामा माछापुच्छ्रेका साथै हिमालयन बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनसिसी बैंक र कामना सेवा विकास बैंकले ऋण लगानी गर्न लागेका हुन् ।

ऋण सम्बन्धि समझदारी पत्रमा माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र परियोजना निर्माण कम्पनी भिजन इनर्जीका उमेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

२०७६ साउन १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com