back
NMB ad

शेयर बजारमा ७ खर्ब बराबरको सम्पति गुमाएका लगानीकर्तामा०७६/०७७ देखि नयाँ माहौल सिर्जना हुने आशा

Kumari bank ad

काठमाडौं। शेयर बजारमा कतिपय लगानीकर्ताले आफ्नो लगानीको ९० प्रतिशतसम्म हिस्सा गुमाएको पीडादायी बर्षहरुलाई विदा गरेर नयाँ आर्थिक बर्ष २०७६/०७७ देखि नयाँ माहौल सिर्जना हुने आशा लगानीकर्ताले गरेका छन्। सधैको गिरावटलाई अब बिदा गरेर लगानीकर्ताहरु नयाँ विहानी आउँछ भन्ने आशमा बसेका छन्। धेरै पीडादायी समय गुजारेका लगानीकर्ताहरुमा नयाँ आशा संचार हुनु एकदम जायज छ। चार वर्षदेखि जारी रहेको घट्दो क्रमसँगै शेयर बजारमा लगानीकर्ताले सात खर्ब बराबरको सम्पति गुमाएका छन् ।

शेयर बजारमा शेयरको मूल्य उच्च भई नेप्से सूचकले १८८८ को बिन्दु छोएको २०७३ साल साउन १२ गतेको दिनको बजार पूँजीकरण २० खर्ब नाघेको अवस्था, त्यस यता लगानीकर्ताले कम्पनीहरुको थप शेयर खरिदमा खर्च गरेको दुई खर्ब ६० अर्ब हाराहारी र हालको बजार पूँजीकरण १५ खर्ब ६७ अर्बबीचको फरक हिसाब गर्दा ६ खर्ब ९३ अर्ब गुमाईसकेको देखिन आउँछ ।

नेप्से, धितोपत्र बोर्डका प्रकाशन तथा वेवसाईटहरुको तथ्यांकहरुलाई विश्लेषण गर्दा सबैभन्दा पहिले चार वर्ष अघि र हालको अबस्था विश्लेषण : आर्थिक वर्ष २०७२,०७३ को अन्त्यमा २ सय २९ कम्पनी शेयर बजारमा सूचीकृत रहेकोमा उनीहरुको ३ अर्ब ६४ करोड कित्ता शेयर रहेको थियो । अहिले कम्पनीको संख्या २ सय ३४ छ भने ४ अर्ब १८ करोड कित्ता शेयर सूचीकृत छ । त्यो बेला बजार पूँजीकरण १८ खर्ब ९० अर्ब थियो भने अहिले १५ खर्ब ६७ अर्ब छ । त्यो बेलाको नेप्से सूचक १७१८ बिन्दुमा थियो भने अहिले १२५९ मा छ ।

यसरी हेर्दा कम्पनीको संख्या बढेको, शेयर संख्या बढेको तर समग्र बजार पूँजीकरण ३ खर्ब २३ अर्बले घटेको स्पष्ट देखिन्छ भने नेप्से सूचक ४ सय ५९ अंकले तल आएको देखिन्छ ।

आर्थिक वर्षहरुको अन्त्यमा कति रकमको शेयर कारोबार भएको थियो र दैनिक औसत कारोबार कति थियो भन्ने पनि प्रस्तुत विवरणले प्रष्ट पार्छ । यो आँकडा हेर्दा शेयर बजारमा धेरै नै गिरावटको अवस्था लगानीकर्ताले सामना गरेको देखिन्छ ।

साथै नेप्से, धितोपत्र बोर्डका प्रकाशन तथा वेवसाईटहरुको स्रोतलाई आधार मानेर हिसाब गर्दा तीन वर्ष अघि अर्थात २०७३/०७४ को अन्त्य सम्ममा प्राथमिक शेयर, थप नयाँ साधारण शेयर, बोनस, हकप्रद र सामुहिक लगानी कोषहरुको ईकाई गरी एक अर्ब १ करोड कित्ता शेयर थपिएर कम्पनीहरुले ७४ अर्ब बराबरको पूँजी थपेका थिए भने त्यो रकम आर्थिक बर्ष २०७४/०७५ मा शेयर तर्फ एक अर्ब ३२ करोड कित्ता र पूँजी तर्फ ८१ अर्बले बढ्यो ।

त्यसैगरी गत आर्थिक बर्ष २०७५/७६ मा एक अर्ब १७ करोड कित्ता शेयर थपिन गई पूँजी ५८ अर्बले थपियो । तीन आर्थिक वर्षमा दुई खर्ब १३ करोड रुपैयाँको अंकित मूल्यको शेयर थपिएको देखिन्छ, जसमा प्रिमियमसहितको आईपीओ र एफपीओको रकम जोड्दा दुई खर्ब ६० अर्ब नाघ्छ ।

जलविद्युत विकास कम्पनी, माथिल्लो तामाकोशी लगायतका ठूला कम्पनीहरु थपिएर पूँजी बजार बलियो बनेको भन्दै हर्ष बढाई गरिए पनि समग्र बजार पूँजीकरणमा ठूलो क्षति बजारले ब्यहोरेको छ । तर खराब कम्पनीमा हौसिएर हैन, होसमा रहेर शेयर बजारमा लगानी गरे आगामी दिनहरु विगतको जस्तै कठिन भने भने हुन्न भन्ने पाठ भने सिक्नुपर्छ ।

 

२०७६ साउन १ गते प्रकाशित

वि.सं.२०७६ साउन १ बुधवार १४:११ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...