back
NMB ad

आजदेखि आय करको दर फेरियो, हेर्नुहोस केमा कति ?

Kumari bank ad

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७६/0७७ सुरु भएसँगै आयकरको नयाँदर लागू भएको छ । बजेट भाषणमार्फत सरकारले घोषणा गरेको नयाँ दररेट आजदेखि लागु भएको हो ।

सरकारले ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेटमा राजस्वबाट मात्रै ९ खर्ब ८१ अर्ब १३ करोड रुपैयाँ बेहोेर्ने सरकारको अनुमान छ ।

बजेटमार्फत करका सीमामा हेरफेर गरिएको थियो । आयकर छुट हुने सीमा बढाइ व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्याइएको छ ।

अविवाहितको हकमा ४ लाखसम्मको आयमा एक प्रतिशत कर लाग्नेछ । ४ लाख भन्दामाथि पाँच लाखसम्मको करयोग्य आयमा ४ लाखसम्म एक प्रतिशत र त्यसमाथिको आयमा १० प्रतिशत आयकर लाग्नेछ ।

५ लाख रुपैयाँ भन्दामाथि सात लाख रुपैयाँसम्मको करयोग्य आयमा शुरुको ४ लाखमा १ प्रतिशत र ४ देखि ५ लाखकोमा १० प्रतिशत र त्यसभन्दा माथि २० प्रतिशत कर लाग्नेछ ।

यस्तै सात लाख रुपैयाँभन्दा माथि भए २० लाख रुपैयाँसम्म सातलाखसम्म अघिल्लो प्रावधान अनुसार र त्यसभनदा माथिकोमा ३० प्रतिशत आयकर लाग्नेछ ।

२० लाख रुपैयाँभन्दा माथि भए २० लाखसम्म लागेको करको दरमा २० प्रतिशत थपेर ४५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ ।

आयातित वस्तुको भन्सारदर बढ्यो

नेपालमै उत्पादित वस्तुलाई प्रोत्साहन गर्न सरकारले आयातित वस्तुमा कडाइ गरेको छ । केराउ, बदाम, आलु घ्यु, कुखुराको मासु, चकलेट विस्कुट, चाउचाउ, आइक्रिम, जुस, मिनरल, चुइगम जस्तापाता, जुक्ता, चप्पल, धागो, त्रिपाल लगायतका कृषिजन्य तथा औद्योगिक वस्तुहरुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न ती वस्तुको आयातमा भन्सारदर बढाइएको अर्थमन्त्रालयले जनाएको छ ।

घरजग्गा कारोबारको लाभकर दर घट्यो

व्यावसायकि घरजग्गाको कारोबारमा अग्रिम करको रुपमा लाग्दै आएको पुँजीगत लाभकरको दर घटेको छ ।

यस्तै वित्तीय कारोबार गर्ने सहकारीहरुलाई नगरपालिकाभित्र पाँच प्रतिशत र उपमहानगरपालिका र महानगरपालिकाभित्र १० प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ ।

यता जल यातायातका साधनहरुको पैठारी महसुल १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ । यस्तै विदेशबाट फर्केका नेपालीले आफ्नो साथमा ल्याएको १०० ग्रामसम्मको सुनको गहना महसुल तिरेर पैठारी गर्न सकिनेछ ।

मदिराको अन्तशुल्क१० प्रतिशतसम्म बढ्यो

बधुबारदेखि लागू हुने गरी मदिराको अन्तशुल्कमा १० प्रतिशतसम्मको शुल्क बढाइएको छ ।

अल्कोहलको मात्रा हेरेर मदिराजन्य पदार्थको मूल्य वृद्धि गरिएको हो । सरकारले ल्याएको आर्थिक विधेयकमा मदिराको युपि शक्ति र अल्कोहलको मात्रा हेरेर भन्सार र अन्तशुल्कदर बढाइएको छ । आयात गरिएको मदिराजन्य पदार्थमा तोकिएको भन्दा एक प्रतिशतपनि बढी परेमा उच्चदरको अन्तशुल्क लाग्नेछ ।

२०७६ साउन १ गते प्रकाशित

वि.सं.२०७६ साउन १ बुधवार १६:१५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...