Logo

कालीप्रसाद बास्कोटालाई संगीत चोरेको आरोप

काठमाडौं । प्रसिद्ध संगीताकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ ।

हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत बुझाई देउनसँग ‘समाचार’को संगीत मिल्न गएको हो । महत अहिले बास्कोटसँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् ।fir against kali prasad baskota from bikki mahat

प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन । तर प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछी आज भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् ।

हेर्नुहोस् बिक्की महतको फेसबूकबाट यो पोष्ट ।

bikki mahat post related to copid music by kali prasad baskota

उनले शेयर गरेको यो भिडियो पनि हेर्नुहोस् ।

२०७६ साउन १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com