back
NMB ad

नाडा अटो शो भदौ १० गतेदेखि, यस्तो आउँदैछ अफर

Kumari bank ad

काठमाडौं । सवारी साधनको कुम्भ मेला (नाडा अटो शो) भदौ १० गतेदेखि सुरु हुने भएको छ । सवारी खरिद तथा बिक्री र सवारीबारे जानकारी लिने संस्कृतिको रूपमा विकसित हुँदै गएको नाडा अटो शोमा विक्रेताले नेपाली बजारमा नयाँ गाडी भित्र्याउने र ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना दिने गर्छन्। सवारी विक्रेता तथा खरिदकर्ताको आकर्षक केन्द्रको रूपमा रहने गरेको नाडा अटो शो कुरेर बसेका ग्राहकलाई यो वर्ष पनि विभिन्न अफर सहित नयाँ प्रडक्ट बिक्रेताले ल्याउँदै छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव अनुप बराल नाडा सवारी खरिदकर्ता तथा विक्रेताका लागि ठूलो चाड भएको बताउँछन् । उनी भन्छन् चाडपर्वको अवसर पारेर खरिद गर्ने परिपाटी नेपालीमा छ। कम्पनीले ग्राहकलाई चाडको अग्रिम उपहारस्वरूप सवारीमा विभिन्न खालका आकर्षक उपहार दिने भएका कारण ग्राहकमा छुट्टै रौनकता आउने गरेको हो ।
यो वर्ष नाडामा विक्रेता कम्पनीले विभिन्न अफर र नयाँ प्रडक्त लन्च गर्ने तयारी गरेका छन् ।

टाटा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोका लागि दुई वटा कार सार्वजनिक गर्दै छ। विद्युतीय ईभी टिगोर र एसयूभी टाटा ह्यारियर ग्राहकका माझ पस्कँदै छ। टाटाले ईभी टिगोर २०७५ को नाडा अटो शोमा सोकेस गरेको थियो। टिगोर ईभी एक्सएम र एक्सटी गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। त्यस्तै टिगोर ईभी विभिन्न तीन रङमा आउनेछ। यो कारमा डुअल एयरब्याग, एबीएस, रेयर पार्किङ सेन्सरलगायत विशेषता समावेश गरिएको छ।

टिगोर ईभीमा १६.२ केडब्लूएच ब्याट्री छ जसले ४१ पीएस पावर र १०५ एनएम टर्क दिन्छ। यो कारले फुल चार्जमा १ सय ४२ किलोमिटर माइलेज दिनेछ।

टाटा ह्यारियर एसयूभी सेग्मेन्टको कार हो। यसमा १९५६ सीसी क्षमताको इन्धन छ। यसले १३८ बीएचपीमा ३७५० आरपीएम शक्ति र ३५० एनएममा १७५०–२५०० आरपीएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड गियर छ। डिजेल भेरियन्टको कारले प्रतिलिटर १७ किलोमिटर माइलेज दिन्छ। यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ।

जीप

नेपालका जीप कम्पासको आधिकारिक विक्रेता मोरङ अटो वक्र्स (एमएडब्लू)ले नाडा अटो शोमा जीप कम्पास ट्रायल हक सार्वजनिक गर्ने तयारी गरेको छ। एमएडब्लूले गत वर्ष नाडा शोमार्फत नेपालमा पहिलो पटक जीपको बिक्री वितरण सुरु गरेको थियो। यस वर्ष नाडामा १९५६ सीसी जीप कम्पास ट्रायल हक ग्राहकमाझ पेश गरिनेछ। डिजेल भेरियन्टमा उपलब्ध कम्पासले प्रतिलिटर १६ किलोमिटर माइलेज दिन्छ। यसले १७०।६ बीएचपीमा ३७५० आरपीएम शक्ति र ३५० एनएममा १७५०–२५०० आरपीएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड गियर छ। ग्राउन्ड क्लियरेन्स १७८ एमएम छ।

यामाहा

नेपालका यामाहाको आधिकारिक विक्रेता मोरङ अटो वक्र्स (एमएडब्लू)ले नाडा अटो शोमा यामाहा एमटी१५ सार्वजनिक गर्ने तयारी गरेको छ। एमटी१५ मा १५० सीसीको इन्जिन जडान छ। यसले १९।३ पीएसमा १०००० आरपीएम शक्ति र १४।७ एनएममा ८५०० आरपीएम टर्क उत्पादन गर्छ। ४८ किलोमिटर प्रतिलिटर माइलेज दिने मोटरसाइकलमा ६ स्पिड गियर छ। मोटरसाइकलमा सिंगल च्यानल एबीएस जडान गरिएको छ। ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ।

टोयोटा

टोयोटाको चारपांग्रे सवारीका लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड सिन्डिकेट प्रालिले नाडा अटो शोमा ¥यापफोर सार्वजनिक गर्ने तयारी गरेको छ। क्रसओभर एसयूभीमा २।५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ। नयाँ ¥यापफोरले २०३ एचपीमा ६६०० आरपीएम शक्ति र १८४ एफटी–एलबीएममा ५००० आरपीएम टर्क उत्पादन गर्छ। ६ स्पिड गियर रहेको क्रसओभरले प्रतिलिटर २६ किलोमिटर माइलेज दिन्छ। यसको ग्राउन्ड क्लियरेन्स २१४ एमएम छ।

हिरो

नेपालमा हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले नाडा अटो शोमा हिरो प्लेजर प्लस११० र हिरो एक्सपल्ज२०० सार्वजनिक गर्ने भएको छ। हिरो एक्सपल्ज२०० मा १९९।६ सीसीको इन्जिन जडान गरिएको छ। मोटरसाइकलले १८।४ पीएस शक्ति र टर्क १७।१ एनएममा ६५०० आरपीएम टर्क उत्पादन गर्छ। यसमा सिंगल च्यानल एबीएस जडान गरिको छ। पाँच स्पिड गियरमा उपलब्ध मोटरसाइकले प्रतिलिटर ३६ किलोमिटर माइलेज दिन्छ। यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ।

प्लेजर प्लसमा ११० सीसीको इन्जिन जडान गरिएको छ। स्कुटरले ८ बीएचपीमा ७५०० आरपीएम शक्ति र ८।७ एनएममा ५५०० आरपीएम टर्क उत्पादन गर्छ। यसले प्रतिलिटर ६३ किलोमिटर माइलेज दिन्छ। स्कुटरको ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ।

सुजुकी

सुजुकी दुईपांग्रे सवारीको आधिकारिक विक्रेता विशाल ग्रुपले नाडा अटो शोमा जिक्सर २५० र जिक्सर १५० सार्वजनिक गर्ने तयारी गरेको छ। जिक्सर २५० मा २४९ सीसीको इन्जिन जडान गरिएको छ। मोटरसाइकले २६।५ पीएसमा ९००० आरपीएम शक्ति र २२।६ एनएम टर्क उत्पादन गर्छ। ६ स्पिड गियर भएको मोटरसाइकलले प्रतिलिटर ३६ किलोमिटर माइलेज दिन्छ। यसमा डुअल च्यानल एबीएस जडान गरिएको छ।

जिक्सर १५०मा १५५ सीसी इन्जिनमा उपलब्ध छ। मोटरसाइकले १४.१ पीएसमा ८००० आरपीएम शक्ति र १४ एनएममा ६००० आरपीएम टर्क उत्पादन गर्छ। पाँच स्पिड गियरसहितको मोटरसाइकलले प्रतिलिटर ४८ किलोमिटर माइलेज दिन्छ। यसमा सिंगल च्यानल एबीएस जडान गरिएको छ।

एमजी

एमजीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एमजी ईजेडएस नाडा अटो शोमा भित्र्याउने तयारी गरेको छ। एमजी ईजेडएस एसयूभी सेग्मेन्टको विद्युतीय कार हो। ईभीले १४८ बीएचपी शक्ति र ३५० एनएम टर्क उत्पादन गर्छ। एमजी ईजेडएसले एकपटक फुल चार्ज गर्दा ३ सय ५० किलोमिटर माइलेज दिन्छ।

हुन्डाई

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा हुन्डाई भेन्यू सार्वजनिक गर्ने तयारी गरेको छ। हुन्डाई भेन्यू कम्प्याक्ट एसयूभी सेग्मेन्टको कार हो। भेन्यू १.० एल पेट्रोल, १।२ एल पेट्रोल र १।४ लिटर डिजल गरी तीन इन्जिन अप्सन उपलब्ध छ। यसमा प्रयोग भएको १।० एल कप्पा टी – जीडीआई पेट्रोल इन्जिनले १२० पीएस शक्ति र १७।५ केजीएमको टर्क उत्पादन गर्छ। यसले प्रतिलिटर १८ किलोमिटर माइलेज दिन्छ। *अन्नपूर्ण पोष्ट

वि.सं.२०७६ साउन १० शुक्रवार ०९:०६ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...