back
NMB ad

यातायात व्यवस्था विभागले मास प्रिन्टर ल्याउँदै, ५ महिना पछि एक दिनमै स्मार्टकार्ड दिने

Kumari bank ad

काठमाडौं । स्मार्ट कार्ड छपाइ र उपलब्ध सहजताको यातायात व्यवस्था विभागले ल्याउने भनिएको मास प्रिन्टर चार–पाँच दिन भित्रै आइपुग्ने भएको छ ।

सम्पूर्ण जिम्मा विदेशी ठेकेदारलाई दिएको र सो प्रिन्टर लगभग चार–पाँच दिनमा नेपाल आइपुगेर सोहि प्रिन्टरबाट काम सुरु गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

लाइसेन्स नवीकरण र नयाँ आउने सबैलाई स्मार्ट कार्ड वितरण गर्नु पर्ने भएकोले विभागका लागि चुनौती भएसँगै मद्राश सेक्युरिटी प्रिन्टरबाट माक्स प्रिन्टर ल्याउन लागिएको हो ।मागअनुसारको आपूर्ति हुन नसकेकाले स्मार्ट कार्ड वितरण गर्न मुस्किल देखिएको छ । हाल यातायात व्यवस्था विभागमा ६ वटा साना प्रिन्टर भएको र ति प्रिन्टरले दैनिक २५ सय मात्र स्मार्ट कार्ड छापिरहेको छ ।

विभागका महानिर्देशक कुमार प्रसाद दाहाल स्मार्ट कार्ड नेपालका लागि नयाँ प्रविधि भएकाले माग अनुसार छापेर वितरण गर्न नसकेको स्वीकार्छन् । दैनिक १० हजार बराबरको स्मार्ट कार्ड छाप्ने नयाँ प्रिन्टर आएपछि एक बर्षसम्म स्मार्ट कार्डका लागि कुर्नु नपर्ने दाहालले बताएका छन् ।

एक बर्ष कुर्नु पर्ने स्मार्ट कार्ड लिन दैनिक ५ हजार देखि १० हजारसम्म सेवाग्राहीहरु आउने गरेको तथ्यांक छ । तर अब ५ महिना पछि एक दिनमै स्मार्ट कार्ड सेवा ग्राहीको हातमा दिने व्यवस्था विभागले गर्ने महानिर्देशकको भनाई छ ।

यातायात व्यवस्था विभागले २०७२ साल पुष ३ गतेदेखि स्मार्ट कार्डको वितरण गर्न थालेको हो ।

 

२०७६ साउन १४ गते प्रकाशित

वि.सं.२०७६ साउन १४ मंगलवार १४:४३ मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...