back
NMB ad

१८ प्रतिशत लाभांश वितरण गर्नसक्ने सिद्धार्थ बैंकको खुद नाफा २१.२५ प्रतिशतले वृद्धि

Kumari bank ad

काठमाडौं ।  गत आर्थिक वर्ष २०७५/०७६ मा सिद्धार्थ बैंकले २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । आइतबार सार्वजनिक भएको बैंकको वित्तीय विवरणमा व्यवसायको विस्तार २० प्रतिशत माथि भएको छ।

जसबाट बैंकले ३६ प्रतिशतले ब्याज आम्दानी बढाउँदा नाफामा सहयोग पुगेको हो । कर्मचारी र अन्य सञ्चालक खर्चहरु ५० प्रतिशत माथि बढेपनि बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा मुनाफामा २१.२५ प्रतिशत वृद्धि गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ९० करोड ४१ लाख खुद नाफा आर्जन गरेको थियो । केन्द्रीय बैंकले तोकेको शिर्षकहरुमा नियामकीय व्यवस्था पश्चात बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६५ करोड २० लाख रहेको छ । आठ अर्ब ८८ करोड चुक्ता पूँजी रहेको बैंकले यस नाफाबाट शेयरधनीलाई साढे १८ प्रतिशत लाभांश वितरण गर्नसक्ने  छ ।

गत आर्थिक वर्षमा १ खर्ब १४ अर्ब ५३ करोड निक्षेप संकलनबाट १ खर्ब चार अर्ब ७६ करोड कर्जा लगानी गरेको बैंकले ४ अर्ब ६७ करोड ब्याज आम्दानी गरेको छ ।  यस्तै बैंकको आधार ब्याजदर ११.१६ बाट १०.७५ प्रतिशतमा, कोषको लागत ७.६३ बाट ७.५४ प्रतिशतमा र निष्कृय कर्जा अनुपात १.०९ बाट ०.७५ प्रतिशतमा झरेको छ ।

 

कुल ६ अर्ब २० करोड बराबरको जगेडा रकम रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४१ करोड, शेयरधनी कोषमा १ अर्ब ६६ करोड र १२ करोड शेयर प्रिमियम रहेको छ ।

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार १२:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...