Logo

श्रावण २७ र २८ गते नेपाल युवा उद्यमशीलता सम्मेलन हुँदै

काठमाडौं । काठमाडौंमा श्रावण महिनाको अन्तिम २७ र २८ गते नेपाल युवा उद्यमशीलता सम्मेलन आयोजना हुने भएको छ ।

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सम्मेलन गर्न लागिएको हो । सोमवार काठमाडौं पत्रकार सम्मेलन गरि युवाहरुलाई उद्यमशील बनाउने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना हुने जानकारी गराइएको हो ।

उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुने सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेे बताइएको छ ।

साथै ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिहरु’ विषयक अन्तरक्रिया पनि सम्मेलनमा छनौटमा परेका ५ सय भन्दा बढी युवा उद्यमी सहभागी हुनेछन ।

२०७६ साउन २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com