back
NMB ad

“सुदुरपश्चिम प्रदेश सरकारले २५ करोडका गाडी खरिद”

Kumari bank ad

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गतआर्थिक वर्षमा सवारी साधन खरिदमा २५ करोड ४९ लाख ३ हजार १ सय १७ रुपैयाँ खर्च गरेको छ ।

प्रदेश सरकारले गाडी, मोटरसाइकल र स्कुटर खरिदमा ठूलो रकम खर्च गरेको हो । आर्थिक वर्ष २०७५/७६ मा २४ करोड ६९ लाख ५२ हजार १ सय १८ रुपैयाँमा ५३ वटा गाडी, ५६ लाख ७७ हजार ६ सय रुपैयाँमा ३३ मोटरसाइकल र २२ लाख ७३ हजार ३ सय ९९ रुपैयाँमा १२ वटा स्कुटर खरिद गरेको हो ।

५३ चारपांग्रे मध्ये प्रत्येक संघीय निर्वाचनमा पर्ने गरी १६ वटा एम्बुलेन्स र ९ वटा जिल्ला प्रहरी कार्यालयका लागि ९ वटा पिकअप भ्यान खरिद गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताउनुभयो । उहाँका अनुसार बाँकी गाडी मन्त्री, राज्यमन्त्री, सचिव, सभामुख, उपसभामुख, संसदीय समितिका सभापतिहरू र कार्यकाल परियोजनका लागि खरिद गरिएका हुन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६९ लाख ७९ हजार ५ सय रुपैयाँमा एउटा नयाँ गाडी, पाँच वटा मोटरसाइकल र दुई वटा स्कुटर खरिद गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एउटा गाडी खरिद प्रक्रिया नै रद्द गरेको र खरिद गरिएको गाडी कार्यालय परियोजनका लागि भएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ करोड ३१ लाख ४१ हजारमा ११ वटा गाडी खरिद गरेको छ । जसमा ९ वटा प्रहरीका लागि पिकअप भ्यान पनि पर्छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ करोड ८ लाख ७७ हजारमा तीन वटा गाडी र सात वटा मोटरसाइकल खरिद गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालयमा २ करोड सात लाख ४२ हजारमा ३ वटा नयाँ गाडी खरिद गरेको छ । भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्री र सचिवका लागि एक करोड २४ लाख ९० हजार रुपैयाँ दुई वटा गाडी खरिद गरेको छ । सामाजिक विकास मन्त्रालयले ७ करोड ७३ लाख ८७ हजार आठ सय १७ रुपैयाँमा दुई वटा गाडी, १६ एम्वुलेन्स, आठ मोटरसाइकल र सात वटा स्कुटर खरिद गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय
आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड ३३ लाख ५५ हजार ३ सयमा दुई वटा गाडी, चार वटा मोटरसाइकल र तीन वटा स्कुटर खरिद गरेको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयले १ करोड १४ लाख ८५ हजारमा २ वटा गाडी खरिद गरेको छ । प्रदेशसभा सचिवालयले ३ करोड ३८ लाख ७८ हजार ९ सयमा १० वटा गाडी र पाँच वटा मोटरसाइकल खरिद गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले ४५ लाख ६६ हजार ६ सय रुपैयाँमा एउटा गाडी र चार वटा मोटरसाइकल खरिद गरेको छ ।

“बजेट सक्ने र सुविधा भोग गर्न गाडी खरिद नगरेको ”– प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाह
प्रदेश सरकारका प्रवक्ता शाहले गाडी किन्न अत्यावश्यक भएकाले प्रदेश सरकारले गाडी खरिद गरेको बताउनुभयो । उहाँले मन्त्रीहरूले चढ्ने सबै गाडी बिसौं वर्ष पुरानो रहेको र दैनिक मर्मत गरेर चलाउनुपर्ने बाध्यता रहेकाले नयाँ खरिद गर्नुपरेको बताउनुभयो । प्रहरीलाई पेट्रोलिङ गर्न पिकअप भ्यान आवश्यक रहेको र प्रत्येक निर्वाचन क्षेत्रमा बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स आवश्यक रहेकाले सो खरिद गरेको उहाँले बताउनुभयो । शाहले बजेट सक्ने र सुविधा भोग गर्ने उद्देश्यले गाडी खरिद नगरेको स्पष्ट पार्नुभयो।

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार १५:४९ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...