back
NMB ad

“वार्षिक ४ करोडको दुध निर्यात गर्दै बागलुङ”

Kumari bank ad

बागलुङ । बागलुङमा खपतभन्दा बढि दुध उत्पादन हुने गरेको छ । पछिल्लो समयमा उन्नत जातका गाई तथा भैसी पालन गर्न थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो ।

जिल्लामा खपत हुने भन्दा उत्पादन धेरै हुनथालेपछि निर्यात हुन थालेको छ । गत आर्थिक वर्षमा ४ करोड रुपैयाँ बरावरको दुध निर्यात भएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङ जानकारी दिएको छ ।

पछिल्लो समयमा ग्रामीण भेगमा हुँदै आएको निर्वाहमुखी पशुपालन घटे पनि व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसानको भने वृद्धि भएको छ । स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम ल्याएसँगै पशुपालनप्रति किसानको आकर्षण बढ्दै गएको वरिष्ठ पशु विकास अधिकृत डा. शम्भुराज पाण्डेले बताउनुभयो ।

जिल्लामा वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक हुनेमा ९३ लिटर उत्पादन भएको छ । वार्षिक ६६ हजार ९ सय लिटर दूध आवश्यक पर्दछ । तर, ६८ हजार ४ सय लिटर उत्पादन भएपछि दैनिक १ हजार ५ सय लिटर दूध बाग्लुङबाट निर्यात हुने गरेको छ । छिमेकी जिल्ला पर्वत तथा गुल्मीमा दूध निर्यात हुँदै आएको छ ।

जिल्लामा विशेषगरी बागलुङ नगरपाकिा बलेवाको अमलचौर, जैमिनी नगरपालिकाको दमेक र टुनिबोट, काठेखोला गाउँपालिकाको भीमापोखरा, बिहुँ, लेखानी, पालालगायत क्षेत्र र बाग्लुङ सदरमुकाम नजिकै मालिका, मूलपानी, कालिमाटी क्षेत्रमा व्यावसायिक रूपमा दूध उत्पादनका लागि फर्म सञ्चालनमा छन । त्यस्तै, पश्चिमको गलकोट र खरवाङ क्षेत्रमा पनि किसान गाईभैँसीपालनतर्फ आकर्षित भएका छन ।

२०७६ साउन २२ गते प्रकाशित

वि.सं.२०७६ साउन २२ बुधवार १२:३१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...