Logo

देशभर ८६% धान रोपाइँ, कुन प्रदेशमा कति रोपाइँ तथ्याङ्क सहित !

काठमाठौं । देशभर ८६ प्रतिशत धान रोपाइँ सकिएको कृषि विभाग जनाएको छ । यो गत वर्षको भन्दा करिब ४ प्रतिशतले कमी हो । गत वर्ष सोही अवधिमा ३.६२ प्रतिशत धान रोपाइँ सकिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा बढी धान रोपाइँ सुदुरपश्चिम प्रदेशमा ९५.३३ प्रतिशत सकिएको छ । कर्णाली प्रदेशमा ९४.१० प्रतिशत र प्रदेश ५ मा ८८.८६ प्रतिशत रोपाइँ सकिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा ८६.५९, प्रदेश ३ मा ८८.६७ धान रोपाइँ सकिएको छ भने प्रदेश २ मा ८१.९९ प्रतिशत धान रोपाइँ सकिएको कृषि विभागको तथ्याङ्कले देखाएको छ ।

सबै भन्दा कम प्रदेश १ मा ८०.१३ प्रतिशत धान रोपाइँ भएको छ । भौगोलिक अवस्था अनुसार उच्च पहाडमा ८८.८४, मध्यपहाडमा ८६.६५ र तराइँमा ८५.६३ प्रतिशत रोपाइँ भएको तथ्याङ्कमा उल्लेख छ ।

२०७६ साउन २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com