Logo

धादिङको दरिगांल खोलामा डुबेर दुई युवा बेपत्ता

धादिङ । धादिङको दरिगांल खोलामा डुबेर दुई युवा बेपत्ता भएका छन । शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका २२ वर्षिय सुमन स्याङ्तान र २१ वर्षिय भीम घलाङ खोलामा डुबेर बेपत्ता भएका हुन ।

बिहान १० बजेतिर उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका छन । अहिले आक्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन ।

स्थानीयले अरु स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ । तर स्थानीयवासीहरू ठूलो संख्यामा भएकाले प्रहरीले उनीहरूलाई रोक्न सकेको छैन । खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको उनीहरूले आरोप लगाएका छन ।

२०७६ साउन २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com