back
NMB ad

नेपालमा उत्पादित बजाजको मोटरसाइकल बजारमा

Kumari bank ad

काठमाडौं । बजाजका लागि नेपालको आधिकारीक वितरक एचएच बजाजले नेपालमा नै उत्पादन गरेको बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० को एफआइ भर्सन बजारमा ल्याएको छ । भदौ १० गतेदेखि भृकुटीमण्डपमा हुने नाटा अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको छ । यो मोटरसाइकल भारतीय बजारमा भने फेस्टिभ सिजनमा मात्र आउने छ ।

नवलपरासी स्थित बजाजको प्लान्टमा यो मोटरसाइकल निर्माण भइरहेको कम्पनीले जनाएको छ । । एनएस २०० एबीएससहित एफआई इन्जिनमा आउने छ । २०० सीसी नेकेड रोडस्टर मोटरसाइकल एनएस २०० उच्च प्रदुषण मापदन्ड अनुसारको हुने छ । हाल, कार्बुरेटर सेटअपमा रहेको यो मोटरसाइकल नियोन ब्ल्यु, एल्लो र रेडस्टिकर सहित विभिन्न बडी प्यानल र अलोय रिमम आउने कम्पनीले जनाएको छ ।

यसमा अन्तर्राष्ट्रिय स्पेकको फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९ हजार ७५० आरपीएममा २३.१७ बीएचपी पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ । फुल एलइडी हेडलाइट र सेमि डिजीटल इन्स्ट्रुमेन्ट कन्सोलको विशेषता प्रदान गरिएको बाइकमा एनालग टेकोमिटर जस्ता विशेषता दिइने छ ।

हाल नेपाली बजारमा एनएस २०० कार्बुरेटर भर्सनमा उपलब्ध रहेको एनएस २०० को मूल्य ३ लाख १९ हजार ९०० रहेको छ । तर, नयाँ इन्जिनमा एबीएससहित आउँदा मूल्य भने केही बढी हुने अनुमान गर्न सकिन्छ । उक्त बाइकको मूल्य ४ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १३:२५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...